शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन : साउन महिनाभित्र निक्षेप संकलन र कर्जा लगानीको योजना पेश गर्नु

शुक्रबार, २५ साउन २०७५, ११ : ५४
शुक्रबार, २५ साउन २०७५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई साउन मसान्तसम्ममा आफूले उठाउने निक्षेप र लगानी गर्ने कर्जाको अनुमानित योजना पेश गर्न निर्देशन दिएको छ । 

बैंकहरुले बिगतमा आक्रामक रुपले लगानी विस्तार गरेपछि समग्र बैंकिङ प्रणालीमै समस्या आएको भन्दै अहिले राष्ट्र बैंकले बैंकहरुलाई वर्षभरिमा संकलन गर्ने निक्षेप र लगानी गर्ने कर्जाको अनुमानित योजना पेश गर्न भनेको हो । 

राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले आगामी दिनमा विगतमा जस्तो समस्या बैंकहरुले भोग्न नपरोस भनेर आफुले कर्जा र निक्षेपको योजना मागेको बताए । उनले बैंकहरुलाई भने, ‘तपाईंहरु अन्यथा नमान्नुहोस, कर्जा र निक्षेपको अनुमानित योजना पठाउँदा वित्तिय स्थायीत्व हुन्छ भन्ने सोच्नुहोला ।’ 

गत आर्थिक वर्षमा जथाभावी कर्जा लगानी गर्दा लगानी योग्य रकमको अभाव भयो । बैंकहरुले यहि अभावपूर्ति गर्न महंगो ब्याजदरमा  निक्षेप उठाए । 

निक्षेपको ब्याजदर बढेसँगै ऋणको ब्याजदर बढेर उद्योग व्यवसायलाई नै समस्या पारेको र ऋणीको ढाड सेकेका आरोप बैंकहरुलाई लाग्दै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप