सामाखुसी घटनाबारे १० दिनभित्र जानकारी गराउन निर्देशन
काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले गत असार ३० गते काठमाडौंको सामाखुसीस्थित सडक नालीमा खसेर १० वर्षीया एक बालिकाको मृत्यु भएको घटनाप्रति चासो देखाएको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्यतथ्य अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन पनि गृह मन्त्रालयलाई निर्देशनसमेत दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘पछिल्लो समयमा काठमाडौँका सडक तथा खानेपानी विस्तार गर्ने, ढल व्यवस्थापन गर्ने सन्दर्भमा भत्काइएका सडक मर्मतसम्भार नगर्दा सर्वसाधारण एवं बालबालिकाले दैनिक आवतजावतमा समस्या भोग्नुपरेको तथा मानवीय क्षेतिसमेत हुने गरेको छ ।’
विकास निर्माणसँग सम्बन्धित निकायबीच समन्वयको अभाव, आर्थिक वर्षको अन्त्यमा अत्यधिक बजेट खर्च गर्ने प्रवृत्ति, सम्बन्धित निकायबाट प्रभावकारी अनुगमनको अभावबाट यस्ता प्रकृतिका घटना घट्ने गरेको आयोगको ठहर छ ।
आयोगले दिनप्रतिदिन सडकको अवस्था नाजुक बन्दै जाँदासमेत नगरपालिका, खानेपानी तथा ढल निकास विभाग, मेलम्ची खानेपानी आयोजना लगायतले आम नागरिकको अधिकारप्रति जिम्मेवारी नलिनु अत्यन्त दुःखद् भएको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले यस किसिमका घटना भविष्यमा देशको कुनै पनि भागमा दोहोरिन नदिनेतर्फ तत्काल आवश्यक सम्पूर्ण उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
शुक्रबार सामाखुसीमा नेपालटारकी कक्षा ३ मा पढ्ने विनिता फुयाँलको ढलले बगाएर ज्यान गएको थियो भने अर्की बालिका सत्या सापकोटालाई ढलले बगाउँदै गर्दा उद्धार गरिएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ