शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : हलमा तीन नयाँ फिल्म

शुक्रबार, २५ साउन २०७५, ११ : ४८
शुक्रबार, २५ साउन २०७५

काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । यी तीन चलचित्र देशभर एकसाथ प्रदर्शनमा उत्रिएका हुन् । तीन मध्य ‘कहीँ कतै’ प्रचार प्रसार सहित हलमा उत्रिएको चलचित्र हो भने अन्य दुई ‘टिनएज’ र ‘पिरिम पर्या छन्’ को प्रचार प्रसार त्यति भएको देखिन्न । यी तीनको अलवा केही चलचित्र भवनमा ‘कायारा’ले समेत निरन्तरता पाउँदैछ । गत शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको हो । 
 
‘कहिँ कतै’ :
सबिर श्रेष्ठको निर्देशन रहेको ‘कहिँ कतै’ चलचित्र अभिनेत्री उमा बेबी गिरीले निर्माण गरेकी हुन् । चलचित्रमा डेब्यु कलाकार सोनम बरफुङ्गपा र सिवानी गिरीको मुख्य भुमिका रहेको छ । सोनम र शिवानीको अलवा चलचित्रमा दीलिप रायमाझी, किशोर खतिवडा, उमा ’बेबी’ गिरीको पनि मुख्य भुमिकामा छन् । प्रेमकथा बनेको यो चलचित्र दर्शकले मन पराउँने आस निर्माण युनिटको रहेको छ । निर्देशक श्रेष्ठको लेखन, शिव ढकाल र बाबु श्रेष्ठको छायांकन र अर्जुन जिसीले सम्पादन रहेको चलचित्रमा रोशन श्रेष्ठले द्वन्द्व दिएका छन् । सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको चलचित्रको गीत र ट्रेलरले दर्शकको रोजाइमा परिसकेको छ । 

‘टिनएज’ 
नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको यो चलचित्र हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा निर्माण भएके हो । हेलेन पाख्रिनको प्रस्तुति रहेको ‘टिनएज’लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचत्रिको निर्देशन दिनेश पाख्रिन रहेका छन् । 
 
‘पिरिम पर्या छन्’ 
कमेडी जनराको चलचित्र ‘पिरिम पर्या छन्’मा दीलिप रायमाझी, जयकिशन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, शोभित बस्नेत, लय संग्रौला, चाँदनी कोइराला लगायत कलाकारको अभिनय रहेको छ । पुरन थापाले यसलाई निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप