बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

१७ दिनदेखि आफ्नो मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको छ ह्वेल, फोटो भाइरल

शुक्रबार, २५ साउन २०७५, ११ : २९
शुक्रबार, २५ साउन २०७५

वासिङ्टनमा एक ह्वेल १७ दिनदेखि आफ्नो मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको भेटिएको छ ।

ह्वेलको यो फोटो संसारभरी भाइरल भइरहेको । समुन्द्री जीवको अध्ययन गर्ने माइकल मिलस्टिनका अनुसार शोधकर्ताले बुधबार जे३५ नाम दिइएको २० वर्षे ह्वेललाई वासिङ्टनको ओलम्पिक पेनिन्सुला नजिकै आफ्नो मृत बच्चालाई बोक्दै घुमिरहेको देखिएको थियो ।  

ह्वेलको बच्चाको गत जुलाई २४ तारिखमा मृत्यु भएको थियो । माइकल मिलिस्टिनका अनुसार अर्को एक ह्वेलको बिरामी बच्चा पनि देखिएको छ । उक्त समूहले त्यसको खोजीमा जुटेको बताएको छ । ह्वेलको बिरामी बच्चा आफ्नो आमासँग बुधबार पौडी खेलिरहेको देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप