आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारको (साउन २५ गते) लागि एक अमेरिकी डलरको खरिददर एक सय ९ रुपैयाँ ५९ पैसा तोकेको छ ।
अमेरिकी एक डलरको बिक्री मूल्य १ सय १० रुपैयाँ १९ पैसा कायम भएको छ ।
एक यूरोको खरिददर १ सय २७ रुपैयाँ ५ पैसा छ भने बिक्रीदर १ सय २७ रुपैयाँ ७४ पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४१ रुपैयाँ २४ पैसा छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ २ पैसा रहेको छ ।
जापानीज १० यनको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रीदर ३० रुपैयाँ २६ पैसा रहेको छ ।
कुवेती एक दिनारको खरिददर ३ सय ६१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३ सय ६३ रुपैयाँ ८४ पैसा रहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ