शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्थमन्त्री खतिवडासँग ईन्जाको अन्तरक्रिया

शुक्रबार, २५ साउन २०७५, १० : ०६
शुक्रबार, २५ साउन २०७५

वाशिंगटन डिसी । अन्तराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) ले अमेरिकामा रहेका अर्थमन्त्री डा युवराज खतिवडासँग आर्थिक नीतिका बारेमा अन्तरक्रिया गरेको छ ।

बिहीबार डिसीमा भएको कार्यक्रममा मन्त्री खतिवडाले भ्रमणको उद्देश्यका बारेमा जानकारी दिदै आफु अमेरिका आउनुको प्रमुख कारण नेपाल सरकारको आर्थिक नीतिका बारेमा सरोकारवाला र दाताहरूसँग अन्तरक्रियाका लागि भएको बताए ।

‘नेपालको दिगो विकासका लागि सहकार्य र सहयोग गर्दै आएको विश्व बैंकका पदाधिकारीहरूलाई प्रस्तावित नीति तथा कार्यक्रमहरूमा जानकारी गराईएको छ । साथै, नेपाल सरकारको आर्थिक कार्यक्रमअनुरूप तत्काल चालु आयोजनाका अतिरिक्त ठूला आयोजनाको निर्माणमा विश्व बैंकले परियोजना विकासमा समेत सहयोग गर्न नेपाल सरकारका तर्फबाट अनुरोध गरिएको छ’ मन्त्री डा खतिवडाले बताए । 

तीन दिनसम्म चलेको नेपाल र विश्व बैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाएको जानकारी दिए ।

विश्व वैंकसँग बुधवार सम्पन्न बैठकले नेपालको लगानीसम्बन्धी ढाँचा पारित गर्ने र नेपाल र नेपालीका लागि सहयोग प्राप्त हुने अपेक्षा गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप