पत्रकारमाथि भएको हातपातको युनियनद्वारा भर्त्सना
काठमाडौं– नेपाल पत्रकार महासंघ एवम् नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष छविलाल तिवारी र महासंघका पूर्व अध्यक्ष एवं युनियनका संस्थापक ओमप्रसाद घायलमाथि भएको हातपातको नेपाल प्रेश युनियनले भर्त्सना गरेको छ ।
तिवारी र घाइलमाथि कुश्माका निर्माण व्यवसायी पुस्कल शर्माले हातपात गरेको युनियनले जनाएको छ ।
शर्मा नेतृत्वको समुहले रेडियो सालिग्रामका स्टेशन मेनेजर घायल र नागरिक दैनिकका संवाददाता तिवारीलाई विहीवार साँझ कुश्मा नगरपालिका वडा नं ४ छमर्केमा आक्रमण गरी लछारपछार गरेका हुन् ।
आक्रमणमा पत्रकार घायल घाइते भएका छन् । उनको शरीरमा लगाएका लुगा पनि शर्माले च्यातिदिएका छन् । मदिराले मातेका शर्माले सुनियोजित रुपमा पूर्वाग्रही ढंगले आक्रमण गरी धम्की दिने कायरतापूर्ण कार्य गरेको युनियनले जनाएको छ ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ति जारी गर्दै आक्रमणको घटनालाई गम्भिरतापूर्वक लिएर आक्रमणमा संलग्न शर्मालाई कानुन बमोजिम कार्वाही गर्न र पत्रकारमाथिका आक्रमण नदोहोरिने वातावरण सृजना गर्न प्रशासनसमक्ष माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न ढुङ्गेलले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित