शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आज प्रयोग गर्नुहोस् यी रङ र अंक

शुक्रबार, २५ साउन २०७५, ०९ : ०९
शुक्रबार, २५ साउन २०७५

कुन राशि भएका व्याक्तिहरुले आज (२०७५-०४-२५) कस्तो रङ र अंक प्रयोग गर्ने ? 

 

मेष राशि हुनेहरुका लागि शुख भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले कृषि पशुपालन तथा सहकारी व्यावसायमा काम गर्नेहरुका लागि .समय राम्रो रहनेछ भने राजनिति तथा समाजुेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । आजको लागि शुभ गुलावी रहेकोछ । आजको लराागि शुभ अंक १ र ७ रहेकोछ भने ऊँ गणेशाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

 

बृष राशि भएका व्याक्तिहरुका लागि वराक्रम भावमा गोचर गर्ने चन्द्रमाले खेलकुद तथा पराक्रमि क्रियाकलापमा सहभागी जनाउँने हरुका लागि समय राम्रो रहेकोछ । लेखन तथा साहित्यमा रुची बढ्नेछ भने दाजुभाई सँग मिलेर काम गर्दा मनग्गे धन आर्जन गर्न सकिनेछ । खरानि रङको प्रयोग गर्नुहोला । आजको लागि शुभ अंक ३ र ६ रहेकोछ भने ॐ अनन्ताय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

 

मिथुन राशि भएका व्याक्तिहरुले धन स्थानमा गोचर गर्ने  मध्ययम चन्द्रमा धन सम्पति फस्ने तथा हराउँन प्रवल सम्भावना रहेकोछ । बोल्दा ख्याल गर्नुहोला,कुनै पनि महत्वपुर्ण बिषयमा निर्णय गर्दा सबै सँग सल्लाह लिनुहोला ।  हरियो रङ प्रयोग गर्नुहोला । ॐ वीष्णवी नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने ३ र ६ अंकको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ । 

 

कर्कट राशि भएका व्याक्तिहरुका लागि समय उत्तम रहेकोछ । नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । कलाकार,पत्रकार,राजनिति,व्यापारी तथा बिद्यार्थीको लागि समय राम्रो रहेकोछ । खरानि रङ प्रयोग गर्नुहोला । ॐ अनघाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने १ र ५ अंकको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ । 

 

सिंह राशि भएका व्याक्तिहरुका विदेश भावमा गोचर गर्ने चन्द्रमा विदेशी व्यापार तथा विदेशबाट सञ्चालीत सस्थाहरुबाट मनग्गे धन आर्जन गर्न  सकिनेछ भने स्वदेशी सामानको व्यापारमा मन्दि आउँनेछ । कुटनिति तथा विदेश सँग सम्बन्धित पेशा व्यावसायमा सम्लग्न हुने हरुका लागि समय फलदायि रहनेछ ।  रातो रङको प्रयोग गर्नुहोला । ॐ भीमाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने १ र ६ अंकको प्रयोगले आजको दिन शुभ रहनेछ । 

 

कन्या राशि भएका व्याक्तिहरुका लागि आए भावमा गोचर गर्ने चन्द्रमाले दाजुभाईको सहयेगमा राम्रा काम गर्न सकिनेछ । प्राकृतिक तथा सरकारि स्रोत साधनको प्रयोग तथा परिचालन गर्नेहरुका लागि समय फलदायि रहनेछ । रातो रङको प्रयोग गर्नुहोला ।  ॐ घोररुपाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने २ र ७ अंकको प्रयोगले आजको दिन शुभ रहेकोछ । 

 

तुला राशि भएका व्याक्तिहरुका लागि राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाले रोजगारिका अवसर सिर्जना गरि रोजगारि दिन सकिनेछ । व्यापारी,राजनितिज्ञ,पत्रकार तथा राजनितिज्ञ हरुका लागि समय फलदायि रहनेछ ।  प्याजी रङको प्रयोग गर्नुहोला ।  ॐ चन्द्ररुपायै नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ  । ४ र ७ अंक प्रयोगले आजको दिन फलदायि रहनेछ ।

 

बृश्चिक राशि भएका व्याक्तिहरुका लागि भाग्य भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले व्यापार व्यावसायमा नाँफा कमाउँन प्रशस्त समय खर्चनु पर्नेछ भने धर्म तथा अध्यात्म क्षेत्र सँग सम्बन्धित कामबाट मनग्गे धन तथा सम्पति कमाउँने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट सफलता प्राप्त गर्न सक्नेछन् । कफि रङको प्रयोग गर्नुहोला । आजको लागि ॐ मंगलप्रदाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । २ र ८ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

धनु राशि भएका व्याक्तिहरुका लागि कष्ट भावमा गोचर गर्ने चन्द्रमाले लामो समय सम्म चल्ने रोग नलाग्ला भन्न सकिन्न । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ  । लामो दुरिको समुन्द्र पारको यात्रा गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।   सुन्तला रङको प्रयोग गर्नुहोला । ॐ सदाशिवाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । ६ र ९ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

मकर राशि भएका व्याक्तिहरुका लागि व्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसाय फस्टाएर जानेछ । व्यापारी, बिद्यार्थी तथा राज्य संयन्त्रको नजिक भएर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । हरियो रङ प्रयोग गर्नुहोला । ॐ सोमाय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि रहनेछ ।  १ र ३ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

कुम्भ राशि भएका व्याक्तिहरुका लागि प्रतिष्पर्धा भावमा गोचर गर्ने चन्द्रमाले बिद्या तथा प्रतिपर्धामा तपाईको लगानि खेर जाने छैन । न्यायिक निर्णयहरु आजको दिन फैसला गराउँन सक्दा आफ्नो पक्षमा हुनेछ । मामा तथा मावली सँगको कारोबार फस्टाएर जानेछ । निलो रङ प्रयोग गर्नुहोला । ॐ सर्वज्ञाय नम मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ । २ र ५ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

मिन राशि भएका व्याक्तिहरुका लागि बिद्या भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अलि बढि संघर्ष गर्नु पर्नेछ । भौतिक सम्पति तथा बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । शेयर बजार तथा चिठ्ठा सँग सम्बन्धित काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । पहेलो रङको प्रयोग गर्नुहोला । ॐ शशिशेखराय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि हुनेछ । ३ र ६ अंकको प्रयोगले गर्नुहोला ।

 

ज्योतिषी डिपी भण्डारि 

फोन नं.९८०८३७२०७५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप