मुक्त कमैयाको समस्या समाधानका लागि सरकार गम्भीर छः प्रम देउवा
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयाको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएक छन् । १७ औँ मुक्त कमैया दिवसका अवसरमा नेपाल टेलिभिजनद्वारा निर्माण गरिएको ‘हामी थारू’ नामक वृत्तचित्रको यहाँ आज सार्वजनिक गर्दै उनले भने – ‘मुक्त कमैयाको आर्थिक, सामाजिक र सांस्कृतिक समस्या समाधानका लागि सरकार गम्भीर छ ।’
प्रधानमन्त्री देउवाले ‘थारू समुदाय सांस्कृतिक रूपमा धनी समुदाय हो, यो समुदाय इमान्दार पनि छ, तर आर्थिक र शैक्षिकरूपमा उनीहरु अलि कमजोर देखिएका छन्,’ भन्दै ‘विविध कारणले राज्यको मूलप्रवाहबाट पछाडि पारिएको यो समुदायको विकास र समृद्धिका लागि उनीहरुबीच आर्थिक र शैक्षिक पहुँच बढाउनुपर्छ’– बताए ।
‘मुलुकमा समावेशी संविधान जारी भएको छ, यसको प्रभावकारी कार्यान्वयनसँगै थारू समुदायको पनि अधिकार प्राप्त हुन्छ’– उनले भने ।
सांसद डिल्ली चौधरीले थारू समुदायका समग्र विकासका लागि कार्य गर्न प्रधानमन्त्रीसँग आग्रह गरे।
थारू संस्कृतिविद् अशोक थारूले ‘हामी थारू’ नामक वृत्तचित्र एउटा नमूना मात्रै भएको उल्लेख गर्दै थारू समुदायको सम्पूर्ण जिवनीलाई नै वृत्तचित्रमा उतार्नुपर्नेमा जोड दिए ।
नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाल, महाप्रबन्धक गोविन्द रोक्का र नेपाल टेलिभिजन कर्मचारी सङ्घका अध्यक्ष गोविन्द धिताल लगायतले टेलिभिजनको विकास र विस्तारमा जोड दिनुपर्ने आवश्यकता औल्याए ।
थारू समुदायको जीवनशैली, वेषभूषा, भाषा संस्कृति र परम्परालाई समावेश गरी करिब ५० मिनेटको सो वृत्तचित्र तयार गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा दुई जना मन्त्री थपिँदै
-
ललितपुरमा भीरबाट लडेको अवस्थामा एक जनाको शव फेला
-
सुप्रिम सहकारी घोटाला प्रकरण : ४ जनाको बयान जारी
-
नेविसंघको आज स्थापना दिवस : पालिकालाई बुझाइयो शैक्षिक सुधारको ज्ञापनपत्र
-
कर्णालीमा किचलो : मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा उल्झन
-
भिक्षु बन्न ३ करोड ४० लाख डलरको सम्पत्ति दान दिँदै भारतीय दम्पती