शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शुक्रबार, २५ साउन २०७५, ०५ : ४४
शुक्रबार, २५ साउन २०७५

आजको राशिफल

वि.सं.२०७५ साल साउन २५ गते । शुक्रबार । ईश्वी सन् २०१८ अगष्ट १० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । श्रावण कृष्ण पक्ष । तिथि चतुदर्शी,३१ घडी ४७ पला,बेलुकी ०६ बजेर १५ मिनेट उप्रान्त औंषी । नक्षत्र तिष्य,५४ घडी ५१ पला ।  योग सिद्धि २७ घडि ५६ पला,बेलुकी ०४ बजेर ४२ मिनेट उप्रान्त व्यातिपात । 

 

करण भद्रा,बिहान ७ बजेर २९ मिनेट उप्रान्त शकुनी,बेलुकी ६ बजेर १५ मिनेट उप्रान्त चतुष्पद । आनन्दादीमा उत्पाद योग । चन्द्रराशि कर्कट । 

काठमाडौंमा सूर्योदय ५ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ४५ मिनेट । दिनमान ३३ घडी ०२ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउँन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनिति तथा समाजसेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपाईको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिष्पर्धिहरुलाई हराउँन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।  व्यापारमा प्रशस्त आम्दानि हुँने हुँनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसि कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनै पनि कारोबार नगर्नुहोला बिवाद हुँनसक्छ । व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिकि प्रभावित हुँनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजनसँग सँगै रहेर दिन कटाउँन पाउँदा मन प्रशन्न रहनेछ । आत्मबिश्वासमा बृद्धि हुँने हुँनाले काम गर्न आट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बढुवा हुँनेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तित रहनेछ । शारिरिक कष्ट तथा आखाँमा समस्या देखिन सक्छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै सघर्ष गर्नुपर्ला । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नु पर्नेछ । आफन्त तथा परिवारजन तपाईदेखी टाडिन सक्छन् ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाई लेखाईमा राम्रो प्रगति गरि नाम कमाउँन सकिनेछ भने शिक्षा क्षेत्रको लगानिबाट भनेजस्तो आम्दानि हुँनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुँने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सांगितिक माहोलमा दिन दित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि बाट राम्रै प्रतिफल प्राप्त हुँनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ भने पढाई लेखाईमा भनजस्तो सफलता हुँने हुँदा मन प्रशन्न रहनेछ ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुँन सक्छ  । सामाजिक कामको सिलसिलामा व्यास्त हुँने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुँनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि बालुवामा पानि जस्तै हुँनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुबाट आलोचना खप्नु पर्नेछ  ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  नसोचेका ठाउँमा रुपैया पैसा खर्च हुँने सम्भावना रहेको हुँनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाफा कमाउँन दिनभर जसो समय दिनुपर्नेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लागनि भने फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला उपाचार खर्च बढ्ने योग रहेकोछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) यात्राका क्रममा उपलब्धि मुलक कामहरु गर्न सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिने तथ आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) रमाईलो बाताबरणमा आफन्त सँग सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिवाद तथा प्रतिष्पर्धामा तपाईकै जित हुनेछ भने सहयोगिको साथ पाईने हुनाले नया प्रकृतिको काम गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । 

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुँनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहुँन सक्छ । पति पत्नि बिच मनमुटाब बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला ।

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप