शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको सुखद् शुरुवात, श्रीलंकामाथि एक दर्जन गोल

बिहीबार, २४ साउन २०७५, २० : ३०
बिहीबार, २४ साउन २०७५

भुटान । महिला साफ च्याम्पियनशिपको साविक उपविजेता भारतले श्रीलंकालाई एक दर्जन गोल गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको छ । 

थिम्पुको चाङली मिथाङ रंगशालामा आजदेखि शुरु भएको १५ वर्षमुनिको उद्घाटन खेलमा भारतले श्रीलंकालाई १२—० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो । 

भारतले खेलको पहिलो हाफमा ६ गोल ग¥यो भने दोस्रो हाफमा पनि ६ गोल नै थप्यो । भारतका लागि कप्तान सिल्की देवीले ह्याट्रिक पूरा गरिन् । उनले खेल शुरुवाती पहिलो मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाइन् । त्यस्तै उनले खेलको २० र ४४औँ मिनेटमा दुई गोल थपिन् । 

त्यसैगरी भारतकी अभिका सिंह, सुनिता मुण्डा र अञ्जुले दुई दुई गोल गरे । अभिकाले खेलको १४ र ५९औँ मिनेटमा गोल गरिन् भने सुनिताले खेलको ४२ र ७९ तथा अञ्जुले खेलको ८७ र ८९औँ मिनेटमा गोल गरिन् । 

त्यसैगरी भारतकी अर्की खेलाडी लेण्डा कोमले खेलको ६ मिनेटमा गोल गरिन् भने खेलको ४७ मिनेटमा कृतिना देवी र खेलको ७२औँ मिनेटमा किरणले एक एक गोल थपे । 

श्रीलंकाले खेलको ६२ औँ मिनेटमा पाएको पेनाल्टीलाई समेत सदुपयोग गर्न सकेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप