शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशका उर्जा राज्य मन्त्रीद्वारा चन्द्रागिरि केबलकारको भ्रमण

बिहीबार, २४ साउन २०७५, १७ : ३५
बिहीबार, २४ साउन २०७५

काठमाडौं । बंगलादेशका बिजुली को लागि राज्य, ऊर्जा र खनिज संसाधन मन्त्री नर्सुल हमिद सहितको टोलिले काठमाण्डौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हमिदलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै हमिदले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमा अति नै राम्रो परियोजना निर्माण भएको कुरा व्यक्त गरे ।

भ्रमणका क्रममा हमिदले कम्पनीका अध्यक्ष ढकाललाई परियोजनाको सफलताको शुभकामना ब्यक्त गरे । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप