शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँ हाड्रोपावरको टेण्डर मूल्याङकन नतिजा दुई महिना भित्र सार्वजनिक हुने

सोमबार, ०२ साउन २०७४, १९ : २४
सोमबार, ०२ साउन २०७४

किरण श्रेष्ठ 

तनहुँ  – तनहुँ जलविद्युत आयोजनाको टेण्डर मूल्याङकन नतिजा करिव दुई महिना भित्रमा सार्वजनिक हुने बताइएको छ । 
 उक्त आयोजना अन्र्तगत ड्याम साइडमा ३ बटा र पावरहाउसमा २ वटा विदेशी कम्पनीले टेण्डर दर्ता गरेकोमा उनीहरु मध्ये मूल्याङकन गरी नतिजा सार्वजनिक गरिने आयोजनाका सहायक इन्चार्ज इन्जिनियर विदुर अधिकारीले जानकारी दिए  । 
  उक्त टेण्डरका लागि ड्यामसाइड तर्फ चाइना, भारत र इटालियन देशका कम्पनीले टेण्डर दर्ता गरेका छन् भने पावरहाउस तर्फ चाइना र इटालियन देशका कम्पनीले दर्ता गराएका छन् सहायक इन्चार्ज अधिकारीले भने जाइका र एडिबी को अनुमति लिएर मूल्याङकनको आधारमा नतिजा प्रकाशन गरिनेछ । उक्त कार्य पश्चात निर्माणका कार्य तीव्र रुपमा अघि बढइने बताइएको छ  । 
   
 जाईकाको टोलीले २०६२ पुसबाट अध्ययन शुरु गरेको हो । यस आयोजनाको बिस्तृत अध्ययन र डिजाईन कार्य एशियाली विकास बैंकको आर्थिक सहयोगमा भईरहेको छ । आयोजनाका अनुसार लोडसेडिङ हटाउन सुख्या याममा पनि विद्युत दिन सकिने रिजव वायर अर्थात जुनसुकै बेला पनि बराबर विद्युत दिने किसिमको विद्युत गृह बनाउन लागिएको छ । 

 वर्षा यामको पानीले मात्रै चलाउने विद्युत गृहले सुख्या याममा बढीमा ४० प्रतिशत भन्दा बढी विजुली उत्पादन नहुने हुनाले रिजव वायर गृह निमार्ण गर्न लागिएका हो । इन्जिनियर अधिकारीले भने । आयोजनाको अनुसार ११ करोडको लागतमा पाटन र हक्से , झापुटार जोड्ने ८६ मिटर लामो पक्कि मोटर पुल निमार्ण सम्पन्न भैसकेको छ ।  
    जलविद्युत आयोजनाले जलशायबाट डुवानमा पर्ने निजी जग्गा अधिग्रहण गरे वापत आर्थिक वर्ष २०७३÷०७४ मा ४४ करोड १६ लाख रुपैयाँ मुआब्जा वितरण भई सकेको छ । आयोजनाले डुवान क्षेत्रको जग्गा अधिग्रहणका लागि गत फागुन ५ गतेबाट मुआब्जा बितरण सुरु गरिएको थियो । डुवानमा परेका जग्गाको मुआब्जा र उक्त क्षेत्रमा रहेका घर, गोठ, टहरा फलफुल तथा रुखविरुवाको क्षतिपूर्ति स्वरुप सो मुआब्जा बितरण गरिएकोे अधिकारीले जानकारी दिए ।  अधिकारीका अनुसार जलशायबाट डुवान क्षेत्रमा पर्ने एक हजार दुई सय रोपनी जग्गा अधिग्रहण गरेको छ । 
  
मुआब्जा वितरणका लागि ७५ करोड रुपैयाँ लाग्ने आयोजनाको अनुमान छ । बाँध निर्माण भएपछि जलशायले तनहुँका भिमाद, माझकोट, ऋषिङ्ग रानीपोखरी, साभुङ्ग भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्रका जग्गा डुवानमा पर्ने आयोजनाले जनाएको छ । व्यास नगरपालिका–८ चपाघाट देखि पाटनमा रहेको पक्कि पुल सम्मको २ किलो मिटर बाटोको स्तर उन्नती गरी पिच गरिसकिएको  छ । 

  यो जलाशाय आयोजना १ सय ४० मेगावाट क्षमताको हो । जलाशायको लम्बाई करिब १८ किलो मिटर र पानी भरिदा पानीको अधिकतमा सतह समुन्द्र सतहबाट ४ सय १५ मिटर रहने हुँदा सेती नदीको किनारको करिब ७ सय २६ वर्ग किलो मिटर क्षेत्र जालाशायले ओगट्ने छ । ठेक्कापट्टाका सम्पूर्ण काम २०७४ को असोजभित्रमा सक्ने र त्यसपछि निर्माण सुरु गर्ने लक्ष्य राखिएको इन्जिनियर अधिकारीले जानकारी दिए ।  

 उक्त परियोजनाको कूल ५० अर्ब रहेकोमा जाइकाको १८ अर्ब,एडिबीको १५ अर्व, युरोपियन इन्भेन्टमेन्ट बैकको ८ अर्व र नेपाल सरकारको ९ अर्ब रहेको  सहायक इन्चार्ज अधिकारीले बतए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप