प्रवक्ता भुसालले दश करोड लिएको भन्ने समाचार भ्रामक : प्रचण्डको सचिवालय
काठमाडौं – ने.क.पा. (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले स्थानीय तहको निर्वाचनको तयारीका बेला पार्टी केन्द्रीय कार्यालयबाट दश करोड रुपैयाँ लिएको र निर्वाचनमा खर्च नगरिएको भन्ने आइतबार प्रकाशित समाचार अत्यन्तै भ्रामक र दुराग्रहपूर्ण भएको भन्दै अध्यक्ष प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।
आइतबार केही अनलाइन मीडियाले प्रवक्ता पम्फा भुसालले केन्द्रीय कार्यालयबाट दश करोड लिएको र कहीँ कतै खर्च नगरेको भन्दै समाचार प्रकाशित गरेका थिए ।
आइतबार बेलुका प्रचण्डको सचिवालयले सञ्चार माध्यमलाई जानकारी गराएको सार्वजनिक सूचनामा प्रचार विभागलाई पार्टीले आर्थिक अनुदान नदिएको, भुसालले पार्टी केन्द्रीय कार्यालय, अध्यक्ष प्रचण्ड वा पार्टीका कुनै पनि निकायबाट एक रुपैयाँ पनि रकम नलगेको सचिवालयले स्पष्ट पारेको छ ।
सचिवालयले जारी केन्द्रीय सचिवालय बैठकलाई प्रभावित पार्ने, नेता भुसालको चरित्र हत्या गर्ने र जनतामा गलत सूचना सम्प्रेषण गर्ने मनसायले समाचार प्रकाशित भएको भन्दै उक्त समाचारबाट भ्रमित नहुन सबैमा अपील पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’