शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एक असहाय पिता : निशानको अन्त्येष्टिमा आँशु बगाउँदै आर्यघाट पुगे गणेश (फोटो)

बिहीबार, २४ साउन २०७५, १६ : २९
बिहीबार, २४ साउन २०७५

काठमाडौँ । सोमबार अपहरणकारीबाट हत्या गरिएका सिन्धुपाल्चोक घर भई काठमाडौंको कोटेश्वरमा बस्दै आएका बालक निशान खड्काको बिहिबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । 

मलेसियामा रहेका बाबु  गणेश  बिहिबार नै फर्किएसँगै उनको अन्तिम संस्कार गरिएको हो । 

दुई छोरी र एक छोरालाई आमाको जिम्मा लगाएर मलेसिया गएका गणेश छोराको मृत्युसँगै बिहिबार १ः३० बजेको फ्लाइटमा नेपाल आएका हुन् । 

विमानस्थलबाट सिधै पशुपतिस्थित आर्यघाट पुगेका गणेश निकै भावविह्वल बनेका थिए । यस्तै निशानकी आमा चमेलीसहितका आफन्तपनि भावविह्वल बनेका थिए । भावविह्वल अवस्थामा रहेकी श्रीमतीलाई भेट्दा  गणेश  थप भावुक बन्दै श्रीमतीलाई सम्हाल्न समेत सकिरहेका थिएनन् । 

निशानको  सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट समरीका २४ वर्षीय गोपाल तामाङले आइतबार अपहरण गरी हत्या गरेका थिए ।  निशानको हत्यापछि उनीहरु पनि  भक्तपुरमा भएको ‘इन्काउन्टर’मा मारिएका थिए । 

त्रिवि शिक्षण अस्पतालबाट निशानको शब अन्त्येष्टिका लागि पशुपति आर्घाटमा पुर्याइँदा ठूलो संख्यामा सर्वसाधारण र आफन्तको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप