भोजपुरमा लैंगिक हिंसा दोब्बरले वृद्धि
भोजपुर – गत आर्थिक वर्षको तुलनामा यस आवमा भोजपुरमा लैंगिक हिंसा दोब्बरले वृद्धि भएको छ । बहुविवाह, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, बालविवाह, घरेलु हिंसालगायतका लैंगिक हिंसा दोब्बरले वृद्धि भएको हो ।
गत आव २०७१/७२ मा बहुविवाह एक, जबर्जस्ती करणी नौ, जबर्जस्ती करणी उद्योग आठ, घरेलु हिंसा चार, बालविवाह एक र बलात्कार दुई रहेकामा यस आव २०७३/७४मा बहुविवाह पाँच, जबर्जस्ती करणी १४, जबर्जस्ती करणी उद्योग १३, घरेलु हिंसा १८, बालविवाह दुई र बलात्कारका घटना छ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
यता महिला तथा बालबालिका कार्यालयमा घरेलु हिंसा र सम्बन्धविच्छेदको घटनामा उजुरी गर्न आउनेको सङ्ख्या भने नगन्य अवस्थामा छ ।
जिल्लाको ग्रामीण भेगका महिलामा सचेतनाको कमी तथा वैदेशिक रोजगारीका कारण धेरैको सम्बन्धविच्छेद हुने गरेको महिला तथा बालबालिका अधिकृत पुष्पलता उप्रेतीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)