भोजपुरमा लैंगिक हिंसा दोब्बरले वृद्धि

person access_timeसाउन २, २०७४ chat_bubble_outline0

भोजपुर – गत आर्थिक वर्षको तुलनामा यस आवमा भोजपुरमा लैंगिक हिंसा दोब्बरले वृद्धि भएको छ । बहुविवाह, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, बालविवाह, घरेलु हिंसालगायतका लैंगिक हिंसा दोब्बरले वृद्धि भएको हो । 

गत आव २०७१/७२ मा बहुविवाह एक, जबर्जस्ती करणी नौ, जबर्जस्ती करणी उद्योग आठ, घरेलु हिंसा चार, बालविवाह एक र बलात्कार दुई रहेकामा यस आव २०७३/७४मा बहुविवाह पाँच, जबर्जस्ती करणी १४, जबर्जस्ती करणी उद्योग १३, घरेलु हिंसा १८, बालविवाह दुई र बलात्कारका घटना छ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। 

यता महिला तथा बालबालिका कार्यालयमा घरेलु हिंसा र सम्बन्धविच्छेदको घटनामा उजुरी गर्न आउनेको सङ्ख्या भने नगन्य अवस्थामा छ । 

जिल्लाको ग्रामीण भेगका महिलामा सचेतनाको कमी तथा वैदेशिक रोजगारीका कारण धेरैको सम्बन्धविच्छेद हुने गरेको महिला तथा बालबालिका अधिकृत पुष्पलता उप्रेतीले बताए । 

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ