शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रगतिशिल लेखक केसीको दुर्घनामा परी निधन

सोमबार, ०२ साउन २०७४, १९ : १०
सोमबार, ०२ साउन २०७४

गुल्मी - दैनिक लुम्बिनीका स्तम्भकार प्रगतिशील लेखक संघ रुपन्देहीका उपाध्यक्ष खडग बहादुर रिजाल क्षेत्री (विकास केसी) को दुर्घटनामा परी निधन भएको छ । 
केसीलाई आइतबार साँझ ८ बजेतिर लु १० प २३१९ नं. को स्कूटरमा बुटवलदेखि पूर्वतर्फ जाँदै गर्दा देवदह नपा–१० गणेश प्रतीक्षालय नजिक पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८६२ नंको बसले ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । 


गम्भीर घाइते केसीलाई लुम्बिनी अञ्चल अस्पतालले उपचारको लागि युनिभर्सल मेडिकल कलेज रिफर गरेकोमा मेडिकल कलेजमा उपचारको क्रममा उनको सोमबार बिहान ४ बजे निधन भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 


दुर्घटनामा छातीमा गम्भीर चोट लागेपछि शरीरको भित्री भागमा रगत जमेकाले केसीको निधन भएको अस्पतालले जनाएको उपचारको क्रममा संगै रहेका स्वाधीनताका लागि नागरिक अभियानका अध्यक्ष पदमबहादुर कार्कीले बताए । गम्भीर घाइते केसीले नै सुरक्षाकर्मीलाई कार्कीको फोन नं बताएर बोलाउन लगाएको कार्कीले बताए । 


गुल्मीको कुर्घा गाविसमा वि.सं २०१६ सालमा जन्मेका केसी परिवारसहित तिलोत्तमा नपा–८ दीपनगरमा बस्दै आएका थिए । स्व केसीको सोमबार देवदहको रोहिणीघाटमा दाहसंस्कार गरिएको छ । केसीको पार्थिव शरीरमा मालेमा अध्ययन केन्द्रका प्रवक्ता बिनबहादुर कुँवरले कम्युनिष्ट पार्टीको झण्डा ओढाएका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, वरिष्ठ साहित्यकार दिल साहनी, वरिष्ठ अधिवक्ता तेजप्रसाद कणेल, सिद्धार्थ पब्लिकेशन प्रालिका अध्यक्ष एमबी विश्वकर्मा लगायत सहभागी थिए । कार्यक्रममा प्रगतिशील लेखक संघ रुपन्देहीका अध्यक्ष देवेन्द्र घिमिरे, मालेका अध्ययन केन्द्रका विनबहादुर कु“वर, नागरिक अभियानका पदमबहादुर कार्की लगायतले बोल्दै केसीको निधनले वाम आन्दोलनमा अपूरणीय क्षति पु¥याएको बताएका थिए । 
   
मालेमा अध्ययन केन्द्रको हाल कार्यबाहक अध्यक्ष रहेका केसी वि.सं २०३२ सालदेखि नेकपा मसाल हुँदै राजनीतिमा सक्रिय भएका हुन् । केसी २०४८ सालपछि डा। बाबुराम भट्टराई नेतृत्वको विद्रोही मसालको केन्द्रीय सदस्य हुँदै पछि एकता केन्द्रको केन्द्रीय सदस्य समेत रहेर काम गरेको उनका राजनीतिक सहकर्मी बिनबहादुर कुँवरले बताए । उनी स्वाधीनताका लागि नागरिक अभियानका महासचिव समेत रहेका थिए । 


स्व केसीका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप