शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गोरो हुनका लागि क्रिम लगाउनुहुन्छ ? त्यसो भए थाहा पाउनुहोस् यी कुरा

बिहीबार, २४ साउन २०७५, ०८ : ५७
बिहीबार, २४ साउन २०७५

बीबीसी

क्रिम लगाउनु गलत होइन तर क्रिम कुन कारणले लगाइन्छ, शरिरको कुन भागमा लगाइन्छ र यसमा के के मिश्रित छ, त्यो जान्न आवश्यक छ ।

विशेषज्ञका अनुसार यदि तपाईं माथि उल्लेखित कुरामा ध्यान दिनुहुन्न भने क्रिमका गम्भीर साइड इफेक्टसमेत भोग्नु पर्ने हुन्छ ।  

वास्तवमा, क्रिमलाई बजारमा भित्र्याउनु अघि केही परिक्षण गरिन्छन् तर धेरैजसो क्रिम यसमा पास हुँदैनन् ।

यस्ता क्रिममा मर्करीजस्ता खतरनाक पदार्थ मिसाइएको हुनसक्छ । यदि यसमा आवश्यकताभन्दा बढि मर्करी राखिन्छ भने यसले तपाईंको स्वास्थ्यमा खतरा निम्त्याउँछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार चारमध्ये तीन महिला डाक्टरको सल्लाह बिना नै ब्लीचको प्रयोग गर्छन् ।

ब्रिटेनको नेशनल हेल्थ सर्भिसका अनुसार महिला अनुहारको दाग धब्बा लुकाउन र सुन्दरता बढाउनका लागि गोरो बनाउने क्रिम प्रयोग गर्छन् ।

क्रिमलाई अनुहारमा आउने चाया पोतो छोप्नका लागिसमेत प्रयोग गरिन्छ । चाया एक प्रकारको छालाको समस्या हो जसले सुन्दरतामा ह्रास ल्याउने धेरै महिलाहरुको मान्यता छ । चाया पोतो विशेषगरी गर्भवती महिलालाई आउने गर्छ ।

फेयरनेस क्रिमले कसरी काम गर्छ ?

गोरो बनाउने क्रिमले हाम्रो शरिरमा भएको मेलेनिनमाथि असर पुर्याउँछ । हाम्रो छालाको रंग मेलेनिनबाट निर्धारण हुन्छ र फेयरनेस क्रिमले त्यो मेलेनिनलाई कम गर्ने गर्छ ।

मेलेनिन कम गर्ने यो तरिकाः

– फेयरनेस क्रिम

– केमिकल एक्स्फोलिएटिङ – यसले छालाको माथिल्लो पत्र निस्किने गर्छ

– लेजर ट्रिटमेन्ट – यो विशेष प्रकारको महँगो उपचार हो  ।

क्रिममा दुई प्रकारको ब्लिचिङ एजेन्ट हुन्छ – हाइड्रोक्विनोन वा कार्टिकोस्टेरोइड्स

छाला विशेषज्ञका अनुसार क्रिममा हाइड्रोक्विनोनको स्तर चार प्रतिशतभन्दा कम हुनुपर्छ ।

एक छाला विशेषज्ञका भन्छन्, ‘एलर्जीको समस्या भएका मानिसहरुलाई कार्टिकोस्टेरोइड्स वा टिपिकल स्टेरोइड्स दिइन्छ तर धेरैजसो मानिसहरु छालाको कुनै समस्या नभईकनै यसलाई प्रयोग गरिरहेका छन् । यहाँसम्म कि मानिसहरु यसलाई वर्षौंसम्म लगाइरहेका छन् ।’

क्रिमलाई कहाँ र कति लगाउने ?

डाक्टरका अनुसार जुन क्रिममा हाइड्रोक्विनोन हुन्छ त्यसलाई दिनमा दुई पटकभन्दा बढि लगाउनु हुँदैन । यसलाई हात र खुट्टामा मात्र लगाउन सकिन्छ, अनुहारमा होइन । यसका साथै, आठ वा १२ हप्तासम्म मात्र यस्तो क्रिम लगाउन सकिन्छ, त्योभन्दा बढि होइन ।

तर केही मानिसहरुले यस्तो क्रिमलाई डाक्टरको सल्लाह बिना नै लामो समयसम्म लगाइरहन्छन् । उनीहरु यस्ता क्रिमलाई अनुहार र आँखा वरिपरि पनि लगाउँछन् जसका कारण अनुहारमा जलन हुनसक्छ ।

यस्तै, कार्टिकोस्टेरोइड्स भएको क्रिमलाई नाजुक हिस्सामा लगाउन सकिन्छ किनभने यो क्रिम छालामा एलर्जी भएका बेला प्रयोग गरिन्छ ।  तरपनि क्रिममा कार्टिकोस्टेरोइड्ससँग के के मिसाइन्छ र कस्तो प्रकारको क्रिम हो, त्यो हेर्न अत्यावश्यक छ ।

डाक्टरको सल्लाह लिएपछि मात्रै यस्ता उत्पादनको प्रयोग गर्न आवश्यक छ  । यदि यस्तो नगरे गम्भीर परिणाम भोग्नुपर्ने डाक्टरले चेतावनी दिएका छन् ।

साइड इफेक्टः

नेशनल हेल्थ सर्भिसका अनुसार यी ब्लिचिंग एजेन्टको गलत प्रयोगले विभिन्न साइड इफेक्ट हुनसक्छन् ।

डाक्टरका अनुसार यसले पोल्ने, सुन्निने र छाला फुट्नेजस्ता साइड इफेक्ट हुनसक्छ ।

डाक्टर भन्छन्, ‘क्रिमको असर निकै लामो समयसम्म रहेको घटना पनि छन् । कतिको छाला पातलो भएको छ , शरिरको नशा स्पष्ट देखिएका छन्, कलेजोमा असर देख्न थालियो र कतिको मृगौलामा पनि नकारात्मक असर देखिएको छ ।’

यसका साथै गर्भावस्थामा गलत प्रकारको क्रिम प्रयोग गर्दा बच्चालाई पनि हानी हुनसक्ने डाक्टरको ठम्याइँ छ ।

साथै गोरो हुन लगाएको क्रिमले कतिलाई थप कालोसमेत बनाइरहेको छ, यो फेयरनेस क्रिमको साइड इफेक्ट भएको डाक्टरले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप