जव प्रचण्डले वैठकमै भने– पार्टी भंग गरिदिउँ !
काठमाडौं– स्थानीय तहको पहिलो र दोस्रो चरणको चुनावमा अपेक्षाकृत नतिजा नआएपछि माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डले संगठनमा पुनसर्रंचनाको प्रस्ताव अगाडि सारेका छन् ।
आजबाट शुरु भएको पार्टीको केन्द्रीय सचिवालय वैठकमा बोल्दै प्रचण्डले आफुले अरु १० बर्ष संगठनमा सक्रिय भएर काम गर्ने पनि बताए । राम्रो संगठन नबनाउने हो भने संगठन भंग गरिदिउँ भन्दै प्रचण्डले आफ्नो कुरा राखेका थिए ।
त्यसपछि अर्का नेता मात्रिका यादवले तपाईंले संगठन भंग गर्न पाउनुहुन्न भन्दै प्रचण्डको भनाईप्रति विमति जनाएका थिए ।
जवाफमा प्रचण्डले भने– ‘तपाईंहरु पार्टीलाई नयाँ र जनमुखी बनाउन लाग्नुहुन्छ कि हुँदैन भनेर तपाईंहरुको मन जान्न खोजेको हुँ । पार्टी भंग हुन्न । म १० बर्ष सक्रिय भएर राजनीतिमा लाग्छु । तपाईहरु लाग्नुहुन्छ कि लाग्नुहुन्न, म हेर्छुँ । संगठनको बनाउने विषयमा केन्द्रीत भएर बहस होस भन्ने चाहेको छु ।’
एक नेताका अनुसार वैठकमा प्रचण्डले शुरुमा भनेका थिए
–जनयुद्धका १० बर्षमा हामीले धेरै ठक्कर खायौँ ।
–हामीले माओवादी मान्यता स्थापित गर्यौँ । मानिसहरु माओवादी ध्वस्त मात्र गर्छ भन्ने सोचेका थिएँ । मैले १० महिना सरकार चलाएपछि जनतालाई सन्देश दियौँ कि माओवादीले बनाउन पनि सक्छ ।
–१० महिनामा मैले यतिधेरै काम गरेँ कि यसको बर्णन गरेर पुग्दैन ।
–आर्थिक बृद्धिदर ७ दशमलव ८ प्रतिशत रह्यो । लोडसेडिङ अन्त्य भयो । स्थानीय तहको चुनाव भयो ।
–विदेश नीति सन्तुलित बनाइयो ।
–काँग्रेस र एमालले नेतृत्वका सरकारबाट हुन नसकेका काम माओवादी नेतृत्वको सरकारबाट भयो, त्यो पनि निकै छोटो अवधीमा । यतिहुँदा पनि भोट काँग्रेस–एमालले लगे ।
–सवै एजेन्डा हाम्रा । भोट काँग्रेस र एमालले पाउने ? अनौठो भयो । हामीले यसको गभीर समीक्षा गर्नपर्छ । निर्वाचनमा हामीले अपेक्षा गरे अनुसार भोट आएन ।
–जनतलाई विकास दियौँ, लोडसेडिङ हटायौँ, अरु काम पनि भए । जे गरेपनि भोट नआउनेभ एपछि केही न केही कमजोरी त छ । यो पत्ता लगाउनमैले वैठक बोलाएको हुँ ।
–पार्टी विभाजनले जनता निशास भए ।
–एकपछि अर्को गरेर श्रृखलाबद्ध रुपमा पार्टी विभाजन भयो ।
–एउटा माओवादीले अर्को माओवादीलाई प्रतिक्रियावादी भन्दै धुने काम गर्यौँ, त्यो पनि जनताले देखे ।
–यो विचमा काँग्रेस–एमालेजस्तो सामाजिक भएर जनताकहाँ जान सकेनौँ । हामी व्यक्तिवादी, पदवादी, गुटवादी, पदलोलुप भयौँ । जनयुद्धमा जसरी जनतासँग हामी नङ र मासुजस्तै जोडिएका थियौँ । यो कुरा अहिले काँग्रेस–एमालेले सिके । बाटोघाटो, पुलपुलेशामा हामीले काम गर्न सकेनौँ । केन्द्बाट हामीले बजेट पठाउने काँग्रेस–एमालेलेका नेताले तल–तल हामीले ल्यायौँ भनेर प्चार गरे ।
–हामी यदुवंशी बन्यौँ । जनताले बुझेनन् । चेतना र शिक्षा नदिएपछि जनताबाट हामीले कसरी भोट पाउने ?
–पैसा र एनजिओबाट चुनाव जित्न सकिन्न ।
–संगठन नबनाउने हो भने पाटीै भंग गर्दा हुन्छ । माक्र्स, एंगेल्सले पनि यस्तै कुरा गरेका थिए । हेडक्वाटरमै गुट बनाइदिने ? गुट बनाएर बार्गेनिङ गर्ने प्रवृति व्यप्त छ । गुट बनाएर बार्गेनिङ गर्ने चलनलाई इतिहासले राम्रो मान्दैन ।
–जिउ ज्यान धान्न मात्र पार्टी बनाउने हो र ? कोही रोएर यो पार्टीमा किन बस्ने ?
–पैसा, गुण्डा विदेशी शक्तिलाई जित्ने एउटै आधार भनेको संगठन हो ।
–काँग्रेस–एमालले पनि भन्न थालेका थिए, पाँच–सात महिना अगाडि सम्म माओवादी छैन भन्थे । चुनावमा माओवादी देखियो भन्थे उनीहरु ।
–अहिले पनि माओवादीलाई कमजोर बनाउन सवै लागेका छन् ।
–अव केन्द्रीय समिति सानो बनाउने कुरा हुन्छ ।
मात्रिका यादवले चाहीँ यसो भने
–जनयुद्धको नेतृत्व पनि प्रचण्डले नै गरेको हो ।
–जनयुद्ध गर्दा पनि केही साथी भागे । उहाँहरु मध्ये केही यही हुनुहुन्छ ।
–गुटबन्दीको संरक्षक प्रचण्ड बन्दिनु भएन । तपाईंले संरक्षण गर्नुहुन्छ ।
–बनाउन पनि तपाईं सिपालु, विर्गान पनि सिपालु हुनुहुन्छ ।
–पार्टी भंग गर्छु भन्न पाउनु हुन्छ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन