शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पक्राउ परेको भोलिपल्ट प्रकाण्डले दिए कडा चेतावनी

बुधबार, २३ साउन २०७५, १९ : ५४
बुधबार, २३ साउन २०७५

काठमाडौं– मंगलबार साँझ काठमाडौंका टौदहबाट पक्राउ परेका  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले सरकारले राजनीतिक गरेकै कारण आफूलाई पक्राउ गरी नजरबन्दमा राख्ने र रातभर सुत्न नदिई चरम मानसिक यातना दिने काम दिएको बताएका छन् ।बुधबार अपरान्ह जिल्ला अदालत काठमाडौंमा लगिएका प्रकाण्डले सञ्चारकर्मीसँग सो प्रतिक्रिया दिएका हुन् ।  

उनले आफू आवश्यक पर्दा देश र जनताका लागि जीवन बलिदान गर्न पनि तयार रहेको चेतावनी पनि दिए । सरकारले देश र जनताको निम्ति राजनीनि गरिरहेको आफूलाई पक्राउ गरेर प्रतिक्रान्तिको नमूना प्रर्दशन गरेको प्रवक्ता प्रकाण्डको भनाई थियो ।

पार्टीको कामको शिलशिलामा मंगलबार हेटौडाबाट काठमाडौं फर्कने क्रममा प्रवक्ता प्रकाण्डसहित तीन जनालाई प्रहरीले काठमाडौंको टौदहबाट पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनामाथि प्रहरीले जब्बरजस्ती चन्दा असुली गरेको अभियोगमा मुद्दा चलाएको छ । उनलाई काठमाडौं जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप