शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यपालिका गठनका लागि बाटो खुल्यो

सोमबार, ०२ साउन २०७४, १८ : २८
सोमबार, ०२ साउन २०७४

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका गठनका लागि बाटो खुलेको छ । सोमबार भएको निर्वाचनमा ८ जना सदस्य निर्वाचित भएपछि नगरकार्यापालिका गठनका लागि बाटो खुलेको हो । 

एमालेको तर्फबाट उमेदवारी दिएका शुसिला बुढाथोकी ५३, चित्रा मल्ल ५४, शान्ता पुन ५२, डिला परियार ५३, जानका रेग्मी ५४, देबराज विश्वकर्मा ५३,   दिपक कुमाल ५९ र अमर नेपालीले ६२ मत प्राप्त गरेर निर्वाचित भएको तुलसीपुर उपमहानगरपालिका निर्वाचन साहयक अधिकृत ललित घर्तिले जानकारी दिए । 


निर्वाचन कार्यालयका अनुसार ७ जना एमाले र एक जना माओवादी केन्द्रबाट विजयी भएका हुन् । ८ पदका लागि कांग्रेस, एमाले र माओवादी केन्द्रबाट १५ जनाको उमेदवारी परेको थियो । निर्वाचनमा यसअघि नगरसभामा निर्वाचित ९७ जना जनप्रतिनीधिले मतदान गरेका थिए । नगरसभामा निर्वाचित पाँच जना महिला सदस्य, र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन सदस्य सहित ८ जना नगर कार्यपालिकाको सदस्य रहने संवैधानिक व्यवस्था छ ।


 योसंगै नगर कार्यपालीकामा नगर प्रमुखको संयोजकत्वमा २९ सदस्य कार्यपालिका गठन हुने छ । नगर उप प्रमुख र वडा अध्यक्षहरु स्वत कार्यपालिकामा रहने व्यवस्था छ ।
 नगरसभाको अन्तिम मतपरिनाम आएको १५ दिनभित्र निर्वाचन आयोगलेकार्यपालिकाको गठन प्रकृया अघि बढाएको हो । मंगलबार दिउँसो एक बजेका लागि सफतग्रहणको समय निर्धारण गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप