कार्यपालिका गठनका लागि बाटो खुल्यो
तुलसीपुर– तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका गठनका लागि बाटो खुलेको छ । सोमबार भएको निर्वाचनमा ८ जना सदस्य निर्वाचित भएपछि नगरकार्यापालिका गठनका लागि बाटो खुलेको हो ।
एमालेको तर्फबाट उमेदवारी दिएका शुसिला बुढाथोकी ५३, चित्रा मल्ल ५४, शान्ता पुन ५२, डिला परियार ५३, जानका रेग्मी ५४, देबराज विश्वकर्मा ५३, दिपक कुमाल ५९ र अमर नेपालीले ६२ मत प्राप्त गरेर निर्वाचित भएको तुलसीपुर उपमहानगरपालिका निर्वाचन साहयक अधिकृत ललित घर्तिले जानकारी दिए ।
निर्वाचन कार्यालयका अनुसार ७ जना एमाले र एक जना माओवादी केन्द्रबाट विजयी भएका हुन् । ८ पदका लागि कांग्रेस, एमाले र माओवादी केन्द्रबाट १५ जनाको उमेदवारी परेको थियो । निर्वाचनमा यसअघि नगरसभामा निर्वाचित ९७ जना जनप्रतिनीधिले मतदान गरेका थिए । नगरसभामा निर्वाचित पाँच जना महिला सदस्य, र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन सदस्य सहित ८ जना नगर कार्यपालिकाको सदस्य रहने संवैधानिक व्यवस्था छ ।
योसंगै नगर कार्यपालीकामा नगर प्रमुखको संयोजकत्वमा २९ सदस्य कार्यपालिका गठन हुने छ । नगर उप प्रमुख र वडा अध्यक्षहरु स्वत कार्यपालिकामा रहने व्यवस्था छ ।
नगरसभाको अन्तिम मतपरिनाम आएको १५ दिनभित्र निर्वाचन आयोगलेकार्यपालिकाको गठन प्रकृया अघि बढाएको हो । मंगलबार दिउँसो एक बजेका लागि सफतग्रहणको समय निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं