उकुषा भइन् मिस एसिया नेपाल
काठमाडौं । वानेश्वर भिमसेनगोलाकी १८ बर्षीया उकुषा गिरीले मिस एसिया नेपाल २०१७ को ताज चुमेकी छिन् । टेलिभिजन विज्ञापनमा समेत काम गर्दै आएकी गिरी विजेताका रुपमा आफ्नो नाम घोषणा भएलगतै खुसीका आँशुहरु झारेकी थिइन् । उनलाई गतबर्षकी विजेता सुप्रभा कुँवरले ताज लगाइदिइन् ।
¥याम्प मोडलिङ समेत गर्दै आएकी उकुषाले कार्यक्रममा ताजको अलवा श्रीलंकामा हुने मिस एसिया ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरिन् । नगद ५० हजार रुपैयाँका साथमा विभिन्न म्युजिक तथा टिभीसी भिडियोमा खेल्ने अवसरसमेत प्राप्त गरेकी उनले मिस पर्सनालिटीको उपाधि समेत हात पार्न सफल रहिन् ।
नेक्स्ट इभेन्ट इन्टरनेसनलले आयोजना गरेको र मिडिया पर्सनालिटी जीपी तिमल्सेना, पूर्व मिस ग्लोबल इन्टरनेसनल निलम चन्द, पूर्व मिस नेपाल अर्थ मेधा कोइराला, व्यवसायी तथा कलाकार रचिता क्षत्रि र पूर्व मिस अरोमा चितवन इशा प्रधानले निर्णायक रहेको प्रतियोगीमा काभ्रेपलान्चोककी मेडिकल विद्यार्थी परिक्षा बिष्ट फस्ट रनर्सअप र जानकी श्रेष्ठ सेकेण्ड रनर्सअप भए । यी दुबैले विभिन्न उपहारसमेत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै