ठूला आयोजनामा लगानी गर्न भारतीय राजदुतसँग नेपाल चेम्बरको यस्तो आग्रह
काठमाडौं – नेपाल चेम्वर अफ कमर्सले नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीकोे स्वागतमा आयोजित कार्यक्रममा नेपाल र भारत दुवै देशको आर्थिक विकासका लागि दुई देश बीचको सहकार्यलाई अझ बढी मजबुत वनाउनु पर्नेमा जोड दिइएको छ ।
उक्त कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले उद्योग, पर्यटन, जलविद्युत लगायत नेपालका ठूल्ठूला आयोजनाहरुमा लगानीका लागि भारत सरकारसँंग आग्रह गरे ।
दुवै देशको आर्थिक विकासका लागि दुई देशबीचको सडक, रेल्वे सञ्जाललाई मुख्य सहरहरुसम्म पुग्ने गरी परियोजनाहरु बनाउनु पर्नेमा विशेष जोड दिए ।
नेपालका लागि भारतीय राजदूत पुरीले नेपाल अवसर नै अवसर भएको मुलुक भएको बताए ।
जलविद्युत, पर्यटन लगायत विकासका लागि पूर्वाधार विकासको ठूलो भूमिका रहने बताउनु हुँंदै दुवै देशले पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए
। साथै नेपाल र भारत वीचको सदियौं देखिको मित्रतालाई अझ मजबुत बनाउनु पर्ने बताए ।
उक्त कार्यक्रममा चेम्वरका पदाधिकारीहरु तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा
-
पूँजीगत खर्च शत–प्रतिशत सुनिश्चित गर्न मन्त्री यादवद्वारा निर्देशन
-
मन्त्रिपरिषद बैठक : अर्थ मन्त्रालयको सचिव परिवर्तन