बालक अपहरणपछि हत्या प्रकरणः सांसदले प्रश्न उठाए, गृहमन्त्रीसँग जवाफ माग
काठमाडौं–राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले काठमाडौंको काँडाघारीका बालक निशान खड्काको हत्याबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै उनले बालक हत्याबारे एक अर्कामा विरोधाभास सूचना आइरहेको भन्दै यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका हुन् ।
समयमै प्रहरीले सुझबुझपूर्ण निर्णय लिएको भए बालकको हत्या नहुने भन्ने टिप्पणी पूर्व प्रहरीका उच्च अधिकारीबाट आउने गरेको भन्दै उनले प्रहरीको भूमिका र घटनाको वस्तुगत यथार्थताबारे गृहमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरे ।
समयमै रेस्क्यू गर्न नसक्नुमा सरकारको संयन्त्र नै असफल भएको पुष्टि भएको भन्दै उनले भने, “बालकको हत्या हुनुमा कसको दोष हो ? रेस्क्यू गर्न नसक्नु सरकारको दोष हो कि होइन ? सरकारको संयन्त्र फेल भएको हो कि होइन ? ” प्रहरीले भनेको इन्काउण्टरमा मानवअधिकारको उलङ्घन भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
उनले भने, “सम्पूर्ण समाचारले बालक हत्यामा संलग्न लाई प्रहरीले छिमेकी सबैको आँखा अगाडि दिउँसो समातेर लगेको भन्ने देखाएको छ । पछि इन्काउण्डटरमा मारिएको भनिएको छ । दक्षिण पूर्वी एशियाको मुलुक जस्तै बनाउन लागेको हो ? यो छुट दिएको हो ? ”
उनले घटना प्रति राष्ट्रिय मानवअधिकारको पनि कुनै धारणा नआएको भन्दै त्यस तर्फ पनि आयोगको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण