शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ प्रेमगीत २को नयाँ गीत ‘न त हाँस्न नै सक्छु...’

सोमबार, ०२ साउन २०७४, १८ : २१
सोमबार, ०२ साउन २०७४

काठमाडौं – ‘प्रेमगीत २’को नयाँ गीत ‘न त हाँस्न नै...’ रिलिज भएको छ । १३ साउनबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रबो गतिमा सागर संसार राईको स्वर समावेश छ । राई अघिल्लो पटक आयोजित कभर गीत प्रतिस्पर्धाका विजयी हुन् । 

विछोड र उदास मुड प्रस्तुत गर्ने गीतलाई एलिस कार्कीले कम्पोज गरेका हुन् । कार्की घरेलुको संगीत रहेको गीतमा मनिषा खड्काका शब्द रहेका छन् ।

निकै आकर्षक लोकेसनमा छायाँकन गरिएको यो गीतले दर्शकमा चलचित्र प्रति खुलदुली जगाउन सफल देखिएको छ । 

प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन, शिशिर भण्डारी अभिनित चलचित्र रामशरण पाठकले निर्देशन गरेका हुन् । आशुसेन फिल्मसद्वारा निर्मित चलचित्र नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप