शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कलेजको डिग्री लिएपछि १३ फिट लामो गोहीसँग फोटो खिचाउन पुगिन् २१ वर्षे युवती (फोटो, भिडियो)

बुधबार, २३ साउन २०७५, १२ : ४५
बुधबार, २३ साउन २०७५

टेक्सासकी एक साहसी छात्राले आफ्नो डिग्री हाँसिल गरेको खुसीयालीमा एक १३ फुट लामो गोहीसँगै बसेर फोटो खिचाएकी छिन् ।

२१ वर्षीया मेकेन्जी नोल्याण्ड आउँदो शुक्रबार टेक्सासको एएण्डएमबाट ग्रेजुएट हुँदैछिन् । उनले वाइल्डलाइफ एण्ड फिशरिस साइन्समा ग्रेजुएशन गरेकी हुन् ।

नोल्याण्ड गत मेदेखि टेक्सासस्थित बिउमन्थको गेटर काउन्टी रेस्क्यू सेन्टरमा इन्टर्नको रुपमा कार्यरत छिन् ।

उनले बीग टेक्स नामको विशाल गोहीसँग इन्टर्नमा आएको पहिलो दिनदेखि नै काम गरेको बताइन् । दैनिक रुपमा गोहीलाई खाना खुवाउने कार्यमा पनि सहभागी भएको उनले जानकारी दिइन् ।

‘त्यसदिन मेरो लुगा मात्र फरक थियो,’ नोल्याण्डले बजफिड न्यूजलाई भनिन् । ‘अरु दिन म गेटर काउन्टीको टिसर्ट र नाइकीको हाफ पाइन्ट लगाउँथे ।’

उक्त पशुबिहारकी मालिक आर्ली ह्यामोन्ड्सले उनको ग्रेजुएशनको फोटो खिचेकी हुन् जुन पछि म्याकेन्जीको फेसबुक पेजमा सेयर गरियो ।

उनले आफ्नो ट्वीटर अकाउन्टमा गोहीलाई बोलाइरहेको र खाना दिएको भिडियो पनि सेयर गरेकी छिन् जसमा देखिए अनुसार उनी उक्त गोहीभन्दा केही मात्र पर उभिएकी छिन् । उनले पोखरीको बिचमा भएको गोहीलाई निकै वरसम्म ल्याउन सफल हुन्छिन् । उनले गोहीको नाकमा काउकुती लगाउँछिन् र मासु दिन्छिन् ।

म्याकेन्जीले बीग टेक्ससँग कुरा गर्दा आफूलाई सानो चोटसमेत नलागेको बताउँछिन् ।

‘म उसलाई बोलाउँछु । जतिसक्दो मिठो बोल्छु , उसको नाकमा काउकुती लगाउँछु र उसलाई कुनै चोट पुर्याउदिनँ भनेर बाचा गर्छु,’ नोल्याउण्ड भन्छिन् । ‘मलाई आठ इन्चको बच्चाले दुख्ने गरी टोकेको छ तर टेक्सले कहिले छैन ।’

उनी भन्छिन्, ‘नाम लिएर बोलाउँदा टेक्सले जवाफ दिन्छ । मैले हात हल्लाउँदा पनि यसले प्रतिक्रिया दिन्छ । सेन्टरमा उ नै मेरो सबैभन्दा राम्रो साथी हो ।’

‘म टेक्सलाई खाना खुवाउन पोखरीमा जान्छु । म बाल्यकालदेखि नै सर्पलगायतका अन्य जनावर पनि समातिरहेकी छु । म मानिसहरुलाई उनीहरुबारे जानकारी दिन चाहन्छु । वास्तविकता यो हो कि हामी जनावरलाई घरमा राख्नै चाहँदैनौं । हामी उनीहरुलाई दलदलमा छोड्ने गर्छौं,’ उनी भन्छिन् । ‘मैले टेक्सबाट धेरै कुरा सिकेको छु । ऊ एक शानदार प्राण्ी हो । सबै गोही नरभक्षी हुँदैनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप