बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चुनाव हारेपछि माओवादीका प्रदेश इन्चार्जले सुनाए यस्तो कथाव्यथा

सोमबार, ०२ साउन २०७४, १८ : १०
सोमबार, ०२ साउन २०७४

काठमाडौं–माओवादी केन्द्रीय सचिवालयको विस्तारित वैठकमा चुनावी समीक्षा शुरु भएको छ । प्रचण्डले हारमा पार्टीको आन्तरिक कारणले जिम्मेवार ठाने लगत्तै प्रदेश इन्चार्जहरुले आ–आफ्नो प्रदेशको चुनावी समीक्षा रिपोर्टिङ सुनाएका थिए ।

धेरै जसो प्रदेश इन्चार्जले कमजोर संगठन, भएका एजेन्डाको पनि प्रचार प्रसार नहुनु तथा आर्थिक परिचालनमा कमीबाहेक काँग्रेस–एमालले गरेको धाँधलीलाई चुनाव हारको जिम्मेवार रहेको बताएका छन् । 

वैठकमा सहभागी एक प्रदेश इन्चार्जका अनुसार नेताहरुको रिपोर्टिङ यस्तो छ 

सावीत्रा काफ्ले–१ नम्वरु प्रदेश संयोजक
–माअ‍ोवादी पार्टी तल तल पुग्यो । चार हजारको केन्द्रीय सदस्य काम छैन । पार्टी कमिटि चुस्त बनाऔँ ।
–हामीले नौ स्थानीय तहमा जित निकाल्यौँ । 
–एजेन्डा हामीसँग छन् । पैसाको अभाव भयो ।
–हसिया र ताराले हामीले दुख दियो ।
–उम्मेदवार नै नभएको ठाँउमा हसिया र तारालाई भोट आयो ।
–एक सय ४३ एनजिओ परिचालन गर्यो एमालेले ।
–तालमेल परिणाममुखी भएन ।

मात्रिका यादव, प्रदेश नम्वर २
–यहाँ एक सय २७ तह छन् । हामीले राम्रो गर्न सके यही प्रदेशबाट धेरै सिट जित निकाल्न सकिन्छ । 
–माअ‍ोवादी एकताबद्ध हुने भने माअ‍ोवादीले ५० सीट जित्छ । 
–पार्टी एकतापछि मधेशमा संगठन र जनआधार राम्रो भएको छ । 
–मधेशमा प्रचण्डको हाई–हाई छ ।
–प्रचण्डले प्रगतिशिल राष्ट्रवादको कुरा गर्दा हाम्रै पार्टी नेताहरुले १९–२० को फेर बनाएर मण्डले राष्ट्रवादको वकालत गर्छन ।
–पहाडमा भोट नआउनुको कारण पनि मण्डले राष्ट्रवाद हो । 

हितमान शाक्य, –३ नम्वर प्रदेश
–यहाँ हामीले १६ स्थानीय तह जित्यौँ ।
–काठमाडौंमा हामीले लोडेसडिङको मुद्दा जनताका पुरराउन सकेनौँ ।
–३ भोट १५ भोट र १६ भोटले पनि हारियो ।
–हाम्रो भोट हसियाँ र तारामा गयो ।
–तालमेल दोलखा, धादिङ, मकवानपुर र चितवनमा भयो । तर, परिणाम आएन । काँग्रेसले भोट दिएन ।
–पार्टी संगठन बलियो भएन । 
–०७० को चुनावमा बहिस्कारतिर लाग्यौँ । भर्खर एकता भएको, संगठन चुस्त गनै पाएनौँ ।


देव गुरुङ–४ प्रदेशका इन्चार्ज
–तालमेल चुनावमा राम्रो भएन ।
–नक्कली कम्युनिष्ट खडा गर्न विदेशी शक्तिकेन्द्र एमालेतिर लागे ।
–आर्थिक चलखेल एमालले त्रीव गर्यो ।
–धाधलीमा एमालले कर्मचारी परिचालन गर्यो ।
–गोरखामा माओवादीले हराउन मुख्य भूमिका खेले ।
–पोखरामा मेयर छाडेपछि अपाङग प्यानल भयो ।
–माअ‍ोवादी एजेन्डा स्थापित गर्नसकिएन ।
–राष्ट्रियताको एजेन्डाको पनि हामीले लिन सकेनौँ ।
–हसियाँ र ताराले दुख दियो ।
–काठमाडौं केन्द्रित संगठन भयो । वडा–वडामा कमिटि चाहियो ।
–केन्द्रीय कमिटि सानो बनाउनु पर्यो ।
–चुनाव महंगो भयो ।
–गाउँपालिकामा जित्न एक करोड खर्च गर्यो, प्रदेशमा चार करोड खर्च हुन्छ । यहीँ हिसावले केन्द्रमा चुनावमा नौ करोड लाग्न हो ।
–यहीँ हिसावले जाने हो भने इमान्दार र गरीवले चुनाव जित्दैन ।
–समानुपातिक र समावेशी मुद्दालाई हामीले छाड्नु भएन । 
–यो मुद्दालाई दह्रोसँग समाउनुपर्छ ।

बर्षमान पुन –प्रदेश नम्वर ५
–हामीले उल्लेखीय सपलता पाउँन सकेनौँ  ।
–यो प्रदेशमा २५ देखि ३४ तह जित्न सकिन्छ भन्ने आकलन गरेका थियौँ । तर, त्यो भएन ।
–हेडक्वाटरमा २० तह जित्ने रिपोर्टिङ थियो । १९ मा जित निकाल्यौँ ।
–अहिले चुनावमा पैसाको खोलो बग्यो ।
–मतदान अधिकृतलाई प्रभाव पार्ने काममा एमाले र काँग्रेस लागे ।
–सुरक्षा प्रमुखलाई आफ्नो अनुकुल बनाएर मत लिने काम भयो । यसमा माअ‍ोवादी चनाखो हुनुपर्छ ।
–पार्टीलाई गाउँ पुर्राउन स्थानीय तले भूमिका खेलेको छ । 
–०७० को तुलनामा मत धेरै बढेको छ । 
–प्रमुखमा १९ र उपप्रमुखमा २१ जित निकालेका छौँ। १६ स्थानमा दोस्रो भएको छ । 

शक्ति बस्नेत–प्रदेश नम्वर ६
–७९ तह मध्ये ३६ देखि ४० जित्ने अनुमान थियो । तर, २५ जित्यौँ, उपप्रमुख २९ जित्यौँ । 
–पार्टीको विभाजनको असर पर्यो । 
–संगठन सुदृढ भएन । कमिटी ठूला भए । पार्टीलाई विघटनभन्दा निर्माणमा ध्यान दिनुपर्यो । 

लेख राज भट्ट, प्रदेश नम्वर ७ 
–बैशाखको चुनाव सरेपछि असर पर्यो । चुनाव खर्चिलो भयो । कार्यकर्ता परिचालन गर्न गा्रहो भयो । 
–८८ मध्ये बैशाखमा चुनाव हुँदा २५ देखि ३२ तह जित्न सकिने आकलन थियो । चुनाव सारेपछि २० देखि २४ जित्न सकिने आकलन गर्यौँ । तर, चुनावमा १० सीटमा मात्र जित भयो ।
–पार्टी संगठन सुदृढ गर्न पर्यो । यो तरिकाले चुनाव जितिन्न । पार्टी फुटको असर गर्यो । भीम रावलले आफुलाई सरकार प्रमुखका रुपमा पेश गरे । कर्मचारी, प्रहरी र प्रशासनवाट पनि बदमासी भयो । 

थप समाचार

पार्टी वैठकमा प्रचण्डले खुलाए चुनावमा हारको  कारण

चुनाव हारेपछि पेरिसडाँडामा भेला भए माओवादी नेता (फोटोफिचर)

माओवादीले हारेपनि एजेण्डाको जीत : प्रचण्ड

माओवादी सचिवालयको विस्तारित बैठक पेरिसडाँडामा

 

 


 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप