मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कारबाहीबाट रु तीन करोड ४९ लाख राजश्व संकलन

सोमबार, ०२ साउन २०७४, १८ : ००
सोमबार, ०२ साउन २०७४

कास्की – जिल्ला ट्राफिक कार्यालय कास्कीले आर्थिक वर्ष २०७३/४/१ देखि २०७४/०३/३१ सम्मको एक वर्षको अवधिमा सवारी नियम उल्लंघन गरी सवारी साधन चलाउने साधनलाई कारबाही गरी रु तीन करोड ४९ लाख ४९ हजार ५०० राजश्व संकलन गरेको छ । 

सो अवधिमा ५० हजार ५ सय ९९ सवारी साधन कारबाहीमा परेका थिए । सो अवधिमा भएका ९९ वटा सवारी दुर्घटनामा ५८ जना मानिसको मृत्यु भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले जानकारी दिए। 

उनका अनुसार चालकको लापरबाही, तीव्रगतिमा सवारी चलाउनु, मादक पदार्थ सेवन र चौपायको कारणले बढी दुर्घटना भएका थिए । दुर्घटना गराउनेमा ट्रक ट्यांकर २०, बस १२, कार÷ जिप २१, ट्र्याक्टर ६, मोटरसाइकल ७१ र अन्य ४ छन् । 

सवारी साधनको स्वरुपपरिवर्तन गर्ने ४ सय १९, प्रेसर हर्न गरी सवारी चलाउने २ सय १० र मादक पदार्थ सेवन गरी सवारी चलाउने १,६०६ सवारी साधन पनि कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रासस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप