शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बारुलालाई आक्रमण गर्न लाखौं कमिलाले यसरी बनाए ‘जीवित पूल’ (भिडियोसहित)

बुधबार, २३ साउन २०७५, १० : ००
बुधबार, २३ साउन २०७५

हामीले धेरैपटक कमिलाको निकै लामो ताँती देखेका छौं । घरमा पनि चिनी पोखिएको ठाउँमा कमिला आइहाल्छ र त्यसको केही बेरमा त्यहाँ थुप्रै कमिला जम्मा भइसकेको देख्छौं । आफूभन्दा निकै गुणा ठूलो आहारलाई पनि साथीहरुको सहयोगमा एउटा स्थानबाट अर्को स्थानमा पुर्याउने गर्छ । कमिलाहरु कोलोनी वा समूह बनाएर बस्ने गर्छन् । यिनीहरु एक भएर अथवा मिलेर काम गर्ने भएकाले कमिलाहरुलाई विशिष्ट मानिन्छ ।

तर ब्राजिलमा कमिलाको समूहले जे काम गरेको छ, त्यो सायद तपाईंले अहिलेसम्म देख्नु वा सुन्नु भएको छैन होला । आफ्नो ‘दुश्मन’ बारुलालाई आक्रमण गर्न लाखौं कमिला एकजुट भएका छन् । यसका लागि उनीहरुले एउटा पूल नै बनाएका छन् ।

यसको भिडियो खिच्ने इलेक्ट्रिकल इन्जिनियर फ्रान्सिस्को बोनीले ट्वीटरमा लेखे, ‘बारुलालाई आक्रमण गरिरहेका आर्मी कमिला भनिने लिजियोनरी कमिला ।’

‘पूल बनाउन कमिलाले जुन बौद्धिक स्तर र सामूहिकताको प्रयोग गरेका छन्, त्यो निकै प्रभावशाली छ ,’ उनले लेखेका छन् ।

उनी थप्छन्, ‘यस्तो आक्रमण हुँदा धेरैजसो अवस्थामा बारुला भाग्छन् तर कमिलाले बारुलाको गुँड पूर्ण रुपमा खाली नभएसम्म छोड्दैनन् । त्यहाँबाट उनीहरुले बारुलाको लार्भा, अण्डा र भाग्न नसकेका ठूला बारुलालाई पनि आफूसँगै लिएर जान्छ ।’

भिडियो फुटेज गत सोमबार पोष्ट गरिएको थियो जुन अहिलेसम्म चार लाख पटक हेरिसकिएको छ र पाँच हजार पटक रिट्वीट गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप