गुप्तचर विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो
सारांश
- राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत फर्काइएको छ ।
- नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालयमातहत फर्काइएको हो ।
- यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारले विभागलाई गृह मन्त्रालय मातहत राखेको थियो ।
काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत फर्काएको छ । रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकारले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालयमातहत फर्काएको हो ।
उक्त नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । नियमावली पारित भएसँगै सरकारले राजपत्रमा प्रकाशित गरेको प्रधानमन्त्री कार्यालयका ४८ कार्यक्षेत्रमध्ये गुप्तचर विभाग २८ नम्बरमा राखिएको छ ।
सुशीला कार्की नेतृत्वको चुनावी सरकारले गुप्तचर विभागलाई प्रधानमन्त्री कार्यालयबाट गृह मन्त्रालय मातहत राखेको थियो ।
२०७४ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेपछि आलोचना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकार आएयता ४९५ बिचौलिया र लुटपाट गर्ने १३ हजारभन्दा बढी समातिए
-
प्रचण्डको व्यङ्ग्य, ‘चुनावमा जमानत जफत भएका युवालाई अहिल्यै नेतृत्व चाहियो’
-
सहकारीका १७ सयभन्दा बढी बचतकर्ताले पाए बचत फिर्ता
-
गण्डकी प्रदेशका ५ अग्रज पत्रकार पोखरामा सम्मानित
-
कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण