शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा नयाँ मतदाताः बसाई सरेर आउने धेरै

सोमबार, ०२ साउन २०७४, १७ : ३९
सोमबार, ०२ साउन २०७४

भक्तपुर– भक्तपुरमा प्रदेश र संसदीय निर्वाचनमा मतदान गर्न सर्वधारणले नामावली दर्ता र फोट खिच्न चासो दिएका छन् । निर्वाचन आयोगले आईतबारदेखि मतदाता नामावली अद्यावधिक कार्य सुरु गरेपछि त्यसका लागि भक्तपुरका सर्वसाधरणको उल्लेख्य सहभागिता देखिएको हो ।

जिल्ला निर्वाचन भक्तपुरको कार्यालयबाटभइरहेको नामावली संकलनमा उत्साहजनक सहभागिता रहेको कार्यालयका प्रमुख उमेश राईले जानकारी दिएका छन् ।  पहिलो दिन हिजो आइतबार ८५ जनाले मतदाता नामावलीको लागि फोटो खिच्ने र नाम दर्ता कार्य गरेका छन् । त्यस्तै सोमबार कार्यलय समयभित्र १ सय ६० जनाले नामावली दर्ता गरेको जिल्ला निर्वाचन अधिकृत राईले बताए । 

नामावली संकलन गर्नेमा अधिकांश नयाँ बस्तीका बासिन्दा छन् । जो अन्य जिल्लाबाट बसाई सराई गरेर भक्तपुरका विभिन्न नगरपालिकामा स्थायी बसोबास गर्न आएका  हुन् । 
बसाई सरेर भक्तपुर आएका सर्वसाधरणले भने विद्युत, खानेपानीको बिल तथा बसाई सराई र दर्ता प्रमाणपत्र देखाएपछि नामावलीमा नाम समावेश गरिन्छ ।
 
चार नगरपालिका रहेको भक्तपुरमा स्थानीय तहमा ३८ वटा रहेका छन् । जिल्लाका अधिकांश स्थानमा बाह्य जिल्लाबाट बसाई सराई गरेर आउने धेरै छन् ।  गत बैशाख ३१ गते भएको र असार १४ गते निर्वाचन भएकाले जिल्ला मध्ये भक्तपुरमा सबैभन्दा धेरै ८४ प्रतिशत मत खसेको तथ्यांक छ । भक्तपुर हाल  १ लाख ६० हजार ५ सय २९ जना मतदाता रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप