मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीको उच्च जोखिममा डोल्पाको दुनै, दार्चुला बन्ने त्रास

सोमबार, ०२ साउन २०७४, १७ : २९
सोमबार, ०२ साउन २०७४

काठमाडौं– प्रत्येक बर्ष बर्षायाम सुरु भएसँगै डोल्पा सदरमुकाम दुनै बजार बाढीको उच्च जोखिममा पर्दै आएको छ । दुनै बजारको छेउमै रहेको भेरीनदीमा आजभोलि दैनिक झण्डै साढे एक लाख क्यूबिक फिट भन्दा धेरै पानीको बहाव बग्ने गरेपछि दुनै बजार बाढीको उच्च जोखिम परेको हो । समून्द्री सतहबाट २ हजार ८५ मिटर उचाइमा रहेको दुनै बर्षेनि बर्षाको समयमा उच्च जोखिममा रहेपनि दिगो समाधानका लागि कसैको ध्यान जान सकेको छैन् । 


सुख्खा भु–भाग रहेको दुनैमा पानी कम पर्ने गरेतापनि उच्च हिमाली भु–भागबाट हिँउ पग्लेर पानी धेरै आउने गर्छ । जसका कारण बर्षायाममा दिनहुँ भेरी नदीको बहाव उच्च हुने गरेको स्थानीय बजारबासी योगेन्द्र बुढाले बताए । २ हजार ७ सय जनसङ्ख्या रहेको सदरमुकाम दुनैमा बजारबासीहरु बर्षायामसँगै बाढीले बगाउने डरले राम्ररी सुत्न समेत नसकिने बुढाको भनाई छ ।


दैनिक भेरी नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीयहरु बारम्बार त्रसित हुने गरेका छन । चारैतिर उच्च पहाड र सुख्खा पाखाहरु भएका कारण पानी पर्दा नाङ्गा पाखाहरुबाट बाढिपहिरो खस्ने चिन्ता हुने गरेको स्थानीय ओम रोक्का मगरले बताए । दुनैका स्थानीयहरुले जोखिमको बेवास्ता गर्दै हिँउदमा भेरि नदीको छेउमा तटबन्धन गरेर घर बनाउने काम जारी राखेका छन् ।


हिँउदमा त्यसरी बनाईएका घरहरु धेरै जोखिममा पर्ने गरेका छन् । बर्षातको समयमा पानीको मात्रा बढेसँगै नदी किनारामा जग भएका झन्डै ७० घरहरु बाढीको उच्च जोखिममा रहेको सरोकारवालाहरु बताउँछन् ।
किनारमा भएका घरहरु जोखिममा भएकाले जोखिम मोलेर बसोबास नगर्न प्रमुख जिल्ला अधिकारी केशबराज आचार्यले आग्रह छ । बस्ति जोखिममा परेपछि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय डोल्पाले बिभिन्न ठाँउमा भेरी नदिको किनारामा तटबन्द गर्ने काम गरेको छ । 


‘दुनै बजारको जोखिम न्युनिकरणका गर्ने भन्दै अहिलेसम्म करोडौँ रकम खर्च भईसकेको छ,तर पनि त्यहाँको जोखिम जस्ताको तस्तै छ,उचित अनुगमनको अभाव तथा अपनत्वको भावना नहुँदा सरकारी रकम बालुवामा पानी खन्याए जस्तै भएको छ’ जनसरोकारका बिषयमा कामगर्दै आएको संस्था‘मिसन नेपाल’डोल्पाका अध्यक्ष ओमेन्द्र केसीले भने । 

विपत ब्यबस्थापन गर्ने नाउँमा विभिन्न समिति गठन गर्दै करोडौँ रकम घोटाला हुँदा सम्बन्धित निकाय मौन रहनु गम्भिर चासोको बिषय भएको अध्यक्ष केसीको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप