मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

जसले डुंगा दुर्घटनाबाट १३ जनाको उद्धार गरे, तर आफै डुबे

मङ्गलबार, २२ साउन २०७५, १६ : ०२
मङ्गलबार, २२ साउन २०७५

लागोस । जोसेफ ब्लाङसन सधैँ राम्रो पौडीबाजको रुपमा चिनिन्थे । जब उनी चढेको डुंगा दुर्घटनामा पर्यो र पल्टियो, उनले पानीमा हामफालेर अरुलाई जोगाउन दोस्रो पटक सोचेनन् ।

उनी एक्लैले १३ जनालाई पानीबाट उद्धार गरे । एकपछि अर्को व्यक्तिलाई किनारसम्म ल्याउँदै गर्दा २ सन्तानका पिता थाकिसकेका थिए ।

१४ औँ व्यक्तिलाई उद्धार गर्न जब उनी पुनः पानीमा हामफाले, आफै डुबे । 

रिभर स्टेट प्रहरीका प्रवक्ता नाम्डी ओमोनीले सिएनएनसँग कुरा गर्दै २४ जना सवार डुंगा दुर्घटनामा परेको थियो ।

उनले उक्त दुर्घटनामा ज्यान गुमाउनेमा ब्लाङसन एक मात्र यात्रु भएको पनि पुष्टि गरे । ब्लाङसनले १३ जनको ज्यान जोगाए भने बाँकी १० जनालाई अन्य डुंगाका चालकहरुले उद्धार गरेका थिए ।

अहिले ब्लाङसनलाई सुपरहिरोको संज्ञा दिइएको छ । उनकी पत्नी मर्सीले भनिन्, ‘उनी सँधै मायालु र दयालु व्यक्ति थिए । हाम्रो सन्तानका लागि असल पिता दिए । उनी निःस्वार्थ थिए ।’

मर्सीका अनुसार दक्षिण नाइजेरीको पोर्ट हारकोर्टका निवासी ब्लाङसन आफ्नो गाउँ गएका थिए र आफ्ना दुई बहिनीसँगै डुंगामा सवार थिए । दुई बहिनीको सकूशल उद्धार गरिएको छ ।

‘उनी शनिबार पनि काम गर्ने हुँदा म उनलाई घरमा पर्खिरहेको थिएँ । तर, कामबाट उनी सिधै आफ्नो गाउँ गए र जब २ बजेतिर मैले फोन गरेँ, मोबाइल स्वीचड अफ भइसकेको थियो,’ मर्सीले भनिन् ।

दुर्घटनाको एक हप्तापछि पनि आफ्नो छोराछोरीले ‘पापा खोई ?’ भनेर सोध्ने गरेको मर्सीले बताइन् । ‘मैले फोनमा कसैसँग कुरा गरे पनि त्यो पापा हो भनेर सोध्छन् किनभने ऊ जहिले बाहिर जाँदा भिडियो च्याट गर्थे,’ उनले भनिन् ।

उनको चार वर्षको छोरा र सात महिनाकी छोरी रहेकी छिन् । घरमा आमदानी स्रोत ब्लाङसन एक्ला थिए । जसले परिवारमा थप संकट ल्याएको छ । 

उनले सरकारले काम खोज्न आफूलाई सहयोग गर्ने आशा गरेकी छिन् ।

ब्लाङसनको कथा यतिबेला समाजिक सञ्जालमा निकै भाइरल बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप