बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बिद्यार्थी नेता मिलनको नाममा स्मृति प्रतिष्ठान

सोमबार, ०२ साउन २०७४, १७ : २६
सोमबार, ०२ साउन २०७४

खोटाङ – मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएका एमाले निकट बिद्यार्थीसंगठन अनेरास्वबियुका केन्द्रीय सदस्य खोटाङ लामिडाँडाका–३ का
मिलन राईको स्मृतिमा ‘मिलन राई स्मृति प्रतिष्ठान’ स्थापना गरिएको छ ।

छोटो समयमा नै लोकप्रियता कमाउन सफल बिद्यार्थी नेता राईको स्मृतिमाप्रतिष्ठान स्थापना गरिएको हो । काठमाण्डौंबाट जिल्ला फर्कने क्रममा राईको भक्तपुरमा सडक दुर्घटनामा परी उपचारको क्रममा निधन भएको थियो ।

 नेता राईको स्मृतिमा स्थापित प्रतिष्ठानले तत्कालै कोष खडा गरी शैक्षिक क्षेत्र तथा सामाजिक बिकासकोकार्यहरु गर्ने प्रतिष्ठानका अध्यक्ष पदम थुलुङ राईले जनाए । 
हालै दर्ता भएको प्रतिष्ठानले राईको समाधिस्थलमा स्मृति पार्क निर्माण गरी प्रतिमासमेत स्थापना गर्ने निर्णय गरेको जनाएका छन् ।

 
प्रतिष्ठान सञ्चालनका लागि शुभेच्छुक, शुभचिन्तक तथा देश बिदेशमा रहेका ब्यक्ति, संघसंस्थाहरुबाट रकम जुटाउने तयारी गरिएको छ । राईले बोकेका बिकासका सपना तथा योजनाहरु पुरा गर्न प्रतिष्ठानले पहलकदमी चाल्ने अध्यक्ष राईको भनाई छ । थुलुङले प्रतिष्ठानलाई सहयोग गरी बिद्यार्थी नेताको अधुरा रहेका सपना पुरा गर्न योगदान गर्न समस्त बिकासप्रेमीहरुमा अपिल समेत गरे । 

हालसम्म प्रतिष्ठानको नाममा करिब चार लाख रुपैंयाँ जुटि सकेको अध्यक्ष थुलुङले उल्लेख गरे । २७ बर्षको अल्पायुमै निधन भएको केन्द्रीय सदस्य राईले खोटाङ र सोलुखुम्बुको बिद्यार्थी ईन्चार्जको समेत जिम्मेवारी सम्हालिरहेका थिए । राई खोटाङ क्षेत्र नम्बर दुईबाट निर्बा्चित सांसद बिशाल भट्टराईको स्वकीय सचिब रहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप