बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा ५० करोड ७८ लाख बजेट खर्च गर्न सकेन

सोमबार, ०२ साउन २०७४, १७ : १९
सोमबार, ०२ साउन २०७४

तनहुँ – तनहुँमा आर्थिक वर्ष ०७३ र ७४ मा ५० करोड ७८ लाख रुपैयाँ बजेट फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँको तथ्याङकमा ५० करोड ७८ लाख रुपैयाँ बजेट फ्रिज भएको देखिएको हो । आर्थिक वर्ष २०७३ र ०७४ मा कर्मचारीको तलब भत्तामा वृद्धि हुनु, स्थानीय तहको निर्वाचन, भुकम्प प्रभावितलाई आवास अनुदान लगाएतले खर्च बढेको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँको अनुसार कुल बजेट ७ अर्ब २८ करोड ९० लाख ५६ हजार ७ सय २२ रुपैयाँ रहेकोमा ६ अर्ब ७८ करोड ११ लाख २४ हजार ५ सय ७ रुपैयाँ खर्च भएको छ । खर्च भएको बजेट बजेटको कुल ९३ दशमलव ०३ प्रतिशत रकम हो ।

आर्थिक वर्ष ०७३ र ०७४ मा पुँजिगत तर्फ २ अर्ब १२ करोड २ लाख १७ हजार ५ सय ७० रुपैयाँ बिनियोजन भएकोमा १ अर्ब ७९ करोड ७३ लाख ७० हजार १ सय ८० रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका प्रमुख कोष नियन्त्रक बिष्णु हरि वाग्लेले जानकारी दिए । यो पुँजिगत बजेटको ८४ दशमलव ७७ प्रतिशत खर्च हो ।

त्यस्तै चालु तर्फ कुल ५ अर्ब १६ करोड ८८ लाख ३९ हजार १ सय ५२ रुपैया बजेट बिनियोजन भएकोमा ४ अर्ब ९८ करोड ३७ लाख ५४ हजार ३ सय २६ रुपैया खर्च भएको प्रमुख कोष नियन्त्रक वाग्लेले बताए ।

गत आर्थिक बर्ष ०७२ र ०७३ मा पुँजिगत तर्फ १ अर्ब २९ करोड ५६ लाख १६ हजार २ सय ४८ रुपैयाँ बिनियोजन भएकोमा १ अर्ब ८ करोड ७३ लाख २ हजार ५ सय २२ रुपैयाँ खर्च भएको थियो । यो पुँजिगत बजेटको ८३ दशमलव ४१ प्रतिशत खर्च हो ।

त्यस्तै गत आव ०७२ र ०७३ मा चालु तर्फ ३ अर्ब ४७ करोड ६५ लाख ९५ हजार ६ सय ६४ रुपैयाँ बजेट बिनियोजन भएकोमा ३ अर्ब ३५ करोड ८८ लाख २२ हजार ३ सय ६ रुपैया खर्च भएको थियो । यो चालु बजेटको ९६ दशमलव ६१ प्रतिशत खर्च हो ।

अघिल्लो आर्थिक बर्ष ०७२र०७३ मा तनहुँमा ३३ करोड २५ लाख रुपैया बजेट फ्रिज भएको थियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप