शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अखिल क्रान्तिकारी र शिक्षा विभागबीच ४ बुँदे सहमति

सोमबार, ०२ साउन २०७४, १७ : ११
सोमबार, ०२ साउन २०७४

काठमाडौं– अनेरास्ववियु (क्रान्तिकारी) र शिक्षा विभागवीच चार बुँदे सहमति भएको छ । 

शिक्षामा सुधार गर्नुपर्ने भन्दै उक्त विद्यार्थी संगठनले गत असार २० गते विभागलाई बुझाएको ज्ञापनपत्रका सम्बन्धमा भएको छलफलमा यस्तो सहमति भएको हो । सहमति अनुसार कक्षा ११ र १२ मा प्रदान गरिने छात्रबृतिलाई शिक्षा नियमावलीले गरेको व्यवस्था अनुसार १० प्रतिशत छात्रबृति प्रभावकारी कार्यन्वयन गर्न मौजुदा निर्देशिकालाई शिक्षा बिभागले संशोधनको प्रकृया अगाडि बढाउने सहमति भएको छ । त्यस्तै ए लेभलको नियमन र छात्रबृतिका सम्बन्धमा अवधारणासहित शिक्षामन्त्रालयमा अनुरोध गर्ने पनि सहमति भएको छ । शुल्कका सम्बन्धमा उठ्ने मुद्धालाई समयअनुसार शुल्क व्यवसथापन तथा अनुगमन समितिमा छलफल गर्ने सहमति भएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव विजय गौतमले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप