घातक परमाणु अस्त्र नष्ट गर्न विश्वका सरकार प्रमुखहरुलाई आग्रह गर्छुः प्रधानमन्त्री ओली
सोमबार, २१ साउन २०७५, १९ : ३१
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले शान्ति र सहअस्तित्वको बाटोमा हिड्न विश्व समूदायलाई नै आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले घातक परमाणु अस्त्र नष्ट गर्न पनि विश्वका सरकार प्रमुखहरुलाई आग्रह गरेका छन् । ७३ औं हिरोसिमा स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेका हुन् ।
उनले नेपालमा द्वन्द्व हुन नदिन सरकारले समाजमा मित्रतापूर्ण सम्बन्ध बढाउन चाहेको स्पष्ट पार्दै विनाशकारी हतियारविरुद्ध आवाज उठाउन पनि विश्व समूदायलाई अपिल गरे । प्रधानमन्त्री ओलीले विनाशकारी हतियारलाई निषेध गर्न नेपालले मित्रताको, शान्ति र सहअस्तित्वको नीति लिएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छत्तीसगढमा २८ माओवादीको हत्यामा नेपालका ३५ प्रगतिशील व्यक्तित्वद्वारा विरोध
-
मुख्यमन्त्री सिंहको आरोपः मैले बन्द गराएको अवैध अस्पताल स्थानीय तहले पैसा लिएर खुलाए
-
नेपाली भाषामा एमए गर्ने चिनियाँ विद्यार्थी दीक्षित
-
एक यात्रीको शे–फोक्सुण्डो ताल डोल्पाको यात्रा
-
गृहमन्त्रीलाई सुदन किरातीको आग्रह : मानव तस्करी प्रकरणमा राजीनामा दिनुहोस्
-
मधेश सरकारमा कांग्रेसको आँखा, गृहमन्त्रीले कोट्याए सरकार फेरबदलको मुद्दा