बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टम्बो मोबाइल ब्राण्ड नेपाल भित्रियो, सबै मोडलमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि

सोमबार, २१ साउन २०७५, १९ : १९
सोमबार, २१ साउन २०७५

काठमाडौं । नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड टम्बो मोबाइल प्रवेश गरेको छ । टम्बो भारतीय मोबाइल ब्राण्ड हो । टम्बो मोबाइलले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोनहरु सार्वजनिक गरेको थियो, यी मोबाइल फोनहरु अब नेपाली बजारमा पनि उपलब्ध भएको छ ।

टम्बो मोबाइल नेपाली बजारमा शंकराचार्य मोबाइल प्रालिले आधिकारिकरुपमा आयात तथा बिक्री गर्नेछ । कम्पनीले पहिलो चरणमा सिमित मोडलका स्मार्टफोन र फीचर फोनहरु बजारमा ल्याउनेछ । कम्पनीले हाल ६ मोडलका बार फोनहरु र २ मोडलका स्मार्टफोनहरु ल्याउने छ ।

स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक गर्नेतयारी गरेको छ, जून सस्तो मुल्यमा आउनेछ । टम्बो ब्राण्डका फीचर फोनहरु १ हजार रुपैयाँ माथिबाट बजारमा उपलब्ध हुनेछ । टम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईनेछ । 

टम्बो मोबाइल्सका प्रमुख कार्यकारी अधिकृत सुधिर कुमारले भने, ‘नेपालमा टम्बो मोबाइलका फोनहरु ल्याउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, नेपाली उपभोक्ताहरुले सस्तो मूल्यमा गुणस्तरीय फोनहरु खरिद गर्न पाउँनेछन् । आगामी दिनमा पनि हामी ग्राहकहरुको रुचीअनुसारका टम्बो ब्राण्डका फोनहरु नेपालमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ 

टम्बो मोबाइलका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फीचरहरु राखिएका छन् । यी फोनहरुमा फोरजी भिओएलटिई सपोर्ट छ भने वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फीचर छन् । टम्बो मोबाइल फोनहरु आजैदेखि नेपालभरका रिटेलर तथा च्यानल पार्टनरहरुबाट खरिद गर्न सकिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप