बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा सर्वसाधारण हत्या बढ्यो

सोमबार, ०२ साउन २०७४, १७ : ०५
सोमबार, ०२ साउन २०७४

काबुल – सन् २०१७ को सुरुबाट छ महिनाभित्र अफगानिस्तानमा भएका हत्या हिंसामा नागरिकको मृत्यु दरमा वृद्धि भएको समाचार छ । 

अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघीय सहयोग मिसनले हालै तयार गरेको एक प्रतिवेदनअनुसार २०१७ मा अफगानिस्तानमा हत्या, हिंसा र द्वन्द्वमा परी एक हजार ६६२ सर्वसधारणको मृत्यु भएको छ । 

साथै यस समयावधिमा तीन हजार ५०० सर्वसाधारण घाइते भएका छन् । अफगानिस्तानाको राजधानी काबुलमा मात्र नागरिक हताहतको संख्या २० प्रतिशतले बढेको छ । 

सो सहयोग मिसनका अनुसार यस द्वन्द्वग्रस्त राष्ट्रमा सन् २००९ देखि यताको तथ्याँक हेर्दा सन् २०१७ मा काबुलमा करिब २० प्रतिशतको दरले नागरिक हताहतको संख्या बढेको हो । 

मारिएका प्रायः सर्वसाधारण सरकार विरोधी बललगायत आतंककारी समूह तालिवान र इस्लामिक स्टेट्सले जारी राखेको आक्रमणमा परेका जारी प्रतिवेदनमा जानकारी दिइएको छ । 

काबुलमा हुने गरेका यस्ता आक्रमणहरुमा यस समयावधिमा प्रायः सर्वसाधारण नै मारिएका छन् । 

गत मे महिनामा काबुलमा भएको ट्रक आक्रमणमा १५० भन्दा बढी व्यक्ति मारिनुको साथै सयौँ घाइते भएका थिए । रासस÷एएफपी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप