शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इरानले विश्वको २० प्रतिशत तेलको व्यापारमार्गमा सैन्य अभ्यास गर्नुको उद्देश्य के ?

सोमबार, २१ साउन २०७५, १७ : २३
सोमबार, २१ साउन २०७५

काठमाडौं–इरानले अघिल्लो हप्ता उसको इस्लामिक रिभोलुसनरी गार्ड कोर्पले स्ट्रेट अफ हरमुजमा एक समून्द्री अभ्यास गरेको बताएको छ । 

उसले यस अभ्यासलाई वार्षिक तालिम कार्यक्रमको फ्रेमवर्क अन्तर्गत भएको बताएको छ ।

“यो अभ्यास पर्सियन खाडी र स्ट्रेट अफ हरमुजको अन्तराष्ट्रिय जलमार्गमा नियन्त्रण र सुरक्षालाई ध्यानमा राखेर गरिएको थियो” अर्ध सरकारी समाचार एजेन्सी तस्नीमले दिएको रिपोर्टमा उल्लेख छ ।
“यो अप्रेसन इस्लामिक रिभोलुसन गार्ड कोर्पको वार्षिक कार्यक्रमको हिस्सा अन्तर्गत भएको थियो,” तस्नीमले भनेको छ । तस्मीनका अनुसार यो अप्रेशनमा रिभोलुस्नरी गार्डको समून्द्री र हवाई इकाई सहभागी थियो । 

रिभोलुस्नरी कोर्पका प्रमुख मेजर जेनरल मोहम्मद अलि जफारीले यस अभियानलाई सफल भनेका छन् ।

अघिल्लो हप्ता अमेरिकाले विश्वको यस महत्वपूर्ण जलमार्गमा इरानको सैन्य क्रियाकलाप भइरहेको बताए पछि विश्वको ध्यान तानिएको थियो । 

अमेरिकी विश्लेषणले रिभोलुसनरी गार्डको १०० डुङ्गा र सयौं इरानी सैन्यहरु अभ्यासको लागि भेला भएको पत्ता लगाएको थियो ।

अमेरिकी अधिकारीहरुले यो स्तरको समून्द्री अभ्यास गरेर इरानले स्टे«ट अफ हर्मुजलाई ठप्प पार्ने सक्ने क्षमता आफूसँग रहेको सन्देश दिन खोजेको बताएको छ । स्टे«ट अफ हर्मुज ठप्प हुदाँ त्यसको प्रभाव संसार भरी हुनेछ ।

अमेरिकी इनर्जी इन्फरमेसन एड्मिनिस्ट्रसनले ‘विश्वको सबैभन्दा महत्वपूर्ण तेल ट्रान्जिट चोकपोइन्ट’ भनेको स्ट्रेट अफ हरमुज भएर विश्वको २०% तेल व्यापार हुन्छ । 

पर्सियाली खाडीलाई अरेबियन सागरसँग जोड्ने स्ट्रेट अफ हरमुजको सबैभन्दा ठूलो साँघुरो विन्दू ३० माइल रहेको छ ।

अमेरिकी सेनाले यो क्षेत्रमा रहेका अन्य राष्ट्रहरु, विशेष गरेर साउदी अरबलाई इरानको उग्रताबीच यो भूभाग खुल्ला हुने प्रत्याभूत गर्न प्रोत्साहित गरिरहेको छ । 

त्यस्तै उनीहरुले इरानको समर्थन रहेको हुथी विद्रोहीले बल–अल माण्डबमा तेल ट्याङ्करहरुमाथि भएको आक्रमणमा पनि चासो व्यक्त गरेका छन् । 

इरानको सैन्य अभ्यास सामान्यतया वर्षको अन्त्य तिर हुन्थ्यो । यस अघिका अभ्यासहरुलाई इरानी सरकारले व्यापक रुपमा प्रचार गर्ने गथ्र्यो । तर यो वर्षको अभ्यास भने अमेरिकाले इरानमाथि पुनः प्रतिबन्ध लगाउने तयारी गरिरहेको समयमा आएको छ । 
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग ६ शक्ति राष्ट्रले गरेको सम्झौता रद्ध गरे पछि इरानमाथि यो महिना पहिलो चरणको र अर्को महिना पूर्ण रुपमा प्रतिबन्ध लाग्दैछ । ट्रम्पको निर्णयमा साउदी अरबको प्रभाव रहेको विश्वास गरिन्छ । 

प्रतिबन्ध लाग्ुन अघिनै सम्झौता रद्द भएसँगै इरानको अर्थतन्त्रमा भने गम्भिर असर देखिन थालेको छ । ट्रम्पको घोषणा यता इरानी रियालमा २५% को गिरावट आइसकेको छ । 

सोमबारबाट इरानमाथि पहिलो चरणको अमेरिकी प्रतिबन्ध लागु हुनेछ । यस अन्तर्गत अमेरिकी डलर, सुन तथा अन्य बहुमुल्य धातुहरुको खरिदमा नियन्त्रण हुनेछ भने नोभेम्बरबाट तेल, ढुवानी तथा बन्दरगाह आदीमा समेत नियन्त्रण लागेर दोस्रो चरणको प्रतिबन्ध शुरु हुनेछ ।

प्रारम्भिक लक्षणले इरानका कठिन दिन आउदै गरेको जस्तो देखिएको छ । यही भएर उसले आफ्नो पीडालाई विश्वभरि स्थान्तरण गर्ने ठाँउ हरमुजमा पाएको जस्तो देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप