आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

निशानका अपहरणकारीले के भनेका थिए फोन गरेर ? छिमेकी जागृति भण्डारीको बयान (भिडियोसहित )

सोमबार, २१ साउन २०७५, १६ : ४१
सोमबार, २१ साउन २०७५

काठमाडौँ । आइतबार साँझ काडाघारीबाट अपहरण गरी हत्या गरिएका सिन्धुपाल्चोकका ११ बर्षीया निशान खड्काकी आमालाई अपहरणकारीले आइतबारै बेलुका फोन गरेर ४० लाख मागेका थिए । 

छिमेकी जागृति भण्डारीका अनुसार फोन गर्ने व्यक्ति चिनेजानेकै र नियमित ग्रहक नै थिए । 

अपहरणपछि के भनेका थिए त अपहरणकारीले ?

छिमेकी जागृति भण्डारीको बयान जस्ताको तस्तै :

नौ बजेतिर यहाँको सटर झर्यो । अरुवेला अलि ढिलै सटर लाग्थ्यो ।

किन छिटै बन्द भएछ भन्यौँ । तल फेरि रोएको आवाज आयो । त्यस्तो आवाज आएपछि के भएछ बाहिर गएर बुझ्न जानु न भनेर घरमालिकलाई भने । उहाँ बाहिर गएर बुझ्दा बच्चा अपहरण गरेर ४० लाख ल्याउनु भनेछन् भन्नुभयो । 

हिजो त्यतिकै भयो । आज बिहान चाहीँ सोधीखोजी गर्दा बुबाहरुसँग कुरा गर्दा बच्चा लगेको छ भनेपछि त्यही नम्बरमा फोन गरियो । फोन गर्दा एक पटक महाबौद्ध भन्यो रे त्यसपछि अर्को पटक फोन गर्दा स्वीच अफ भैसकेछ । 

उनीहरुले जम्मा एक पटक फोन गरेछन् । फोन गरेर बच्चा जिउँदो चाहिन्छ भने ४० लाख लिएर आउनु भनेछन् । 

दिदी (बच्चाकी आमाका )अनुसार सधैँ विहानविहान चिया पिउन आउने मान्छे थिए फोन गर्ने । तर, पैसा लिएर कहाँ आइज भने भन्ने कुरा केही थाहा भएन । 

बिहान हल्लाखल्ला भयो मान्छेहरु जम्मा भए अनि हिजोकै नम्बरमा फोन गर्दा लाग्यो तर उठेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप