शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँडाघारी अपहरण प्रकरण : मेस्सी र आर्यनका फ्यान थिए निशान (फोटो)

सोमबार, २१ साउन २०७५, १६ : ०६
सोमबार, २१ साउन २०७५

काठमाडौँ । आइतबार काठमाडौँको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय निशान खड्काको हत्या भएको छ । 

सोमबार प्रहरी एक विज्ञप्ति जारी गरी उनको हत्या भएको पुष्टि गरेको हो । 

सिन्धुपाल्चोकको ज्यामिरे ९ स्थायी घर भएका गणेशबहादुर खड्का र चमेली खड्काका नाबलक छोरा निशानलाई आइतबार साँझ ४ बजेर ३० मिनेट जाँदा अपहरणकारीहरुले अपहरण गरेका थिए ।  

प्रहरीका अनुसार त्यसको ४ घण्टापछि बालककी आमालाई अपहरणकारीहरुले फोन गरेर ४० लाख फिरौती मागेका थिए । 

त्यसलगत्तै अपरहणकारीको खोजीमा लागेको प्रहरीले सोमबार ठिमी नगरपालिका–९ स्थित स्थानीय श्याम लवटको निर्माणधीन घरमा अपरहरित बालक निशानको शव फेला पारेको थियो । 

निशानका बुबा गणेश बैदेशिक रोजागारीको क्रममा विदेशमा  रहेको जनाइएको छ । अपहरणमा संलग्न भएको आरोपमा आइतबार प्रहरीले दुई अपहरणकारीमाथि इन्काउन्टर गरिसकेको छ ।  

यस्ता थिए निशान
काँडाघारीको हाइल्यान्ड इङ्लिस सेकेन्डरी स्कूलमा अध्ययनरत निशान पढाइमा सामान्य भएपनि अतिरिक्त क्रियाकलापमा अब्बल थिए । उनको साइकिलिङ, ब्याडमिन्टन र फुटबलमा अत्याधिक रुचि भएको शिक्षक दिपक अधिकारीले बताए । निशान अर्जेन्टिनाका फुटबल खेलाडी लियोनल मेस्सीका फ्यान समेत थिए भने उनलाई नेपाली चलचित्रका नायक आर्यन सिग्देल निकै मनपर्ने शिक्षक अधिकारीले बताए ।  

मृतक निशानकी आमा चमेली सामान्य होटल सञ्चालन गर्थिन् । आर्थिक हैसियत निम्न रहेको निशानको परिवारलाई किन निशाना बनाइयो भन्ने अझै खुल्न सकेको छैन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप