मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जेलमा थुनिएकी छिन् ‘करिना कपूरकी आमा’ कोही गएनन् भेट्न

सोमबार, ०२ साउन २०७४, १६ : ४१
सोमबार, ०२ साउन २०७४

फिल्म बजरंगी भाइजानमा करिना कपूरकी आमाको भूमिका निभाउने अलका कौशल आजकाल चर्चामा छिन् । अलका र उनकी आमा सुशिला बडोलालाई चेक बाउन्स गरेको भन्दै दुई वर्षको जेल सजायँ तोकिएको छ ।

पंजाबको संगरुर अदालतले यी दुबैलाई सजायँ सुनाएको हो । अचम्मको कुरा के छ भने उनलाई अहिलेसम्म कोही पनि आफन्त भेट्न गएका छैनन् । उनलाई शनिबार उनका वकिल भेट्न गएका थिए । उनले पंजाब र हरियाणा हाई कोर्टमा अपिल गर्ने कुरा बताएकी थिइन् । अलकाले थुप्रै टेलिभिजन र बलिउड फिल्ममा काम गरिसकेकी छिन् ।

जेलका सुपरिटेन्डेन्ट हरदिप सिंह भट्टीका अनुसार उनलाई जेलभित्र कुनै भीआईपी सुविधा दिइएको छैन । उनलाई अहिलेसम्म कोही भेट्न पनि आएका छैनन् ।

स्मरण रहोस्, दुई महिलाले उनी र उनकी आमामाथि ५० लाख चेक बाउन्स गरेको आरोप लगाएका थिए । उक्त मुद्दा सन् २०१५ देखि चलिरहेको थियो ।

वकिल सुखबीर सिंहका अनुसार गांव लागडियोमा बस्ने अवतार सिंहसँग उनको र उनकी आमाको चिनजान थियो र उनीहरुले एक टेलिफिल्म बनाउनका लागि उनीसँग ५० लाख भारु उधारो लिएका थिए ।

अवतारले जब अलकासँग पैसा फिर्ता मागिन् तब उनले २५–२५ लाखको दुईवटा चेक दिइन् जुन बाउन्स भयो । चेक बाउन्स भएका कारण अवतारले उनीहरुविरुद्ध मुद्दा दर्ता गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप