शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वसन्त थकाली एकल साँझमा झुल्किैदै

सोमबार, ०२ साउन २०७४, १६ : ३६
सोमबार, ०२ साउन २०७४

पोखरा - पोखराका पुराना लोकप्रिय लोकदोहोेरी गायक वसन्त थकाली वसन्त रुविना फाउन्डेशनको आयोजनामा पहिलोपटक एकल साँझमा झुल्किनुहुने भएको छ । 

रत्न रेकर्डिङ संस्थानबाट प्रथमपटक रेकर्ड गरिएको गीत ‘घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छर’ भन्ने गीतबाट आफ्नो साङ्गीतिक यात्रामा आफूलाई अगाडि बढाएका थकालीले उक्त एकल साँझमा आफ्ना करिब एक दर्जन गीत सुनाउने वसन्त रुविना फाउन्डेशनका अध्यक्ष कृष्ण सुवेदीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आगामी पुस महिनामा पोखरामा थकालीको एकल साँझ आयोजना गर्न ५०१ सदस्यीय आयोजक समिति निर्माण गरिएको छ । 

कार्यक्रमबाट संकलित रकमले फाउण्डेशनमार्फत सङ्गीत एकेडेमी सञ्चालन गरी यस क्षेत्रमा रुचि भएर पनि आर्थिक अभावका कारण अवसरबाट वञ्चित असहाय बालबालिकालाई सहयोग लक्ष्य राखिएको छ । 

एकल साँझमा थकालीको पहिलो गीत ‘घर त घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छर’ गीतसँगै सुनौली भन्सार, झल्को उही दिनको, कमल फूल फूल्यो हिलैमा, मलाई मेरो तलबले मलाई पुगेन, पहिले माया लाइएन अहिले खोज्दा पाइएन, गाउँघरको झिल्के म त, जोमसोम माथिको ठिनीको गाँउ, अँधेरीमा जुन तारा, बाँचुन्जेल जे छ हजुरलगायतका विभिन्न दोहोरी, रोइला तथा झ्याउरे गीत प्रस्तुत गरिने फाउण्डेशनका उपाध्यक्ष लोकदोहारी गायक जीवन दाहालले जानकारी दिनुभयो । 

पोखराको चर्चित साहारा क्लबका संस्थापक अध्यक्ष रहनुभएका थकाली खेल विधाका साथै विभिन्न सामाजिक सङ्घ संस्थामा क्रियाशील हुनुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप