शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना

सोमबार, ०२ साउन २०७४, १६ : ३२
सोमबार, ०२ साउन २०७४

खोटाङ -दुवै मिर्गौलाले काम नगर्ने भएपछि खोटाङका एक मिर्गौलापीडितले सहयोगको याचना गरेका छन् । 
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका डिल्लीराज राईले दुवै मिर्गौला काम नलाग्नेगरी बिग्रिएकाले प्रत्यारोपणका खर्च जुटाउन सहयोगको याचना गर्नुपरेको मिर्गौलापीडित डिल्लीराजका बुबा धनराज राईले बताउनुभयो । उनको डेढ महिनादेखि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । 

विसं २०५१ मा जन्मिएका डिल्लीराजको स्वास्थ्यमा समस्या आएपछि विभिन्न अस्पताल धाउने क्रममा उनको दुवै मिर्गौला फेल भएको पत्ता लागेको हो । 

मिर्गौलाको उपचार ज्यादै खर्चिलो भएकाले शुभेच्छुकसमक्ष सहयोगको हात फैलाउनुपरेको धनराजले बताउनुभयो । बनिबुतो गरेर जीवन निर्वाह गरिरहेका राई परिवारसँग मिर्गौला प्रत्यारोपण गर्न सक्ने आर्थिक क्षमता छैन । 

सरकारले मिर्गौलाको उपचारमा छुट गरे पनि औषधोपचार, खाना, आवासका लागि खर्च जुटाउनुपरेका स्थानीय च्यास्मीटार माविका प्रअ दानकुमार राईले बताउनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप