अनुदान लिन प्राधिकरणको समय सीमा : निजी आवासका लागि २०७५असार अन्तिम मिति
काठमाडौँ– राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणले निजी आवास पुर्ननिर्माणका लागि अनुदान लिने अन्तिम मिति निश्चित गरेको छ । निर्देशक समितिको वैठकको निर्णय अनुसार प्राधिकरणले समय सिमा तोकेरै अनुदान लिन लाभग्राहीलाई आग्रह गरेको हो ।
प्राधिकरणले निर्धारण गरेको तालिका अनुसार लाभग्राहीले २०७५ असार मसान्तभित्र निजी आवास पुनर्निर्माण सम्बन्धी सम्पुर्ण अनुदान लिइसक्नुपर्नेछ ।
निजी आवास पुनर्निर्माणको लागि अनुदान सम्झौता भई घर निर्माण शुरु गरेको संख्या कम रहेको सन्दर्भमा लाभग्राहीहरुबाट घर पुनर्निर्माणको कार्यमा तिव्रता दिने उद्देश्यले भूकम्प प्रभावित ३१ जिल्लामै लागू हुने गरि समय सिमा निर्धारण गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भूसालले बताए । निर्धारित तालिका अनुसार पहिचान भएका सवै लाभग्राहीहरुले आगामी कार्तिक मसान्तभित्र अनुदान सम्झौता गरि प्रथम किस्ता लिइसक्नुपर्नेछ ।
यस्तै २०७३ पौष मसान्तसम्म प्रथम किस्ता प्राप्त गरेका निजी घरधनीले २०७४ पौष मसान्तसम्म र आगामी कार्तिक मसान्तभित्र प्रथम किस्ता प्राप्त गर्ने लाभग्राहीले आगामी चैत्र मसान्तभित्रै दोस्रो किस्ता लिइसक्नुपर्नेछ ।
यसैगरी २०७४ पौष मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले २०७५ जेठ मसान्तभित्र तेस्रो किस्ताको अनुदान लिइसक्नुपर्नेछ ।
प्राधिकरणले २०७४ चैत्र मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले २०७५ असार मसान्तसम्म अन्तिम अर्थात तेस्रो किस्ता लिइसक्नुपर्ने गरि समयावधि निर्धारण गरेको हो ।
असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले अनुदान प्राप्त गर्ने अन्तिम तालिका स्वीकृत गरेपछि प्राधिकरणले निजी आवास पुननिर्माणका लागि समय सिमा तोकी थप अभियानका रुपमा कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।
पछिल्लो तथ्याङ्क अनुसार निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका ६ लाख २८ हजार ८ सय २२ घरधुरी मध्ये ५ लाख ९४ हजार १ सय ५० घरधुरीले पहिलो किस्ता लिइसकेपनि ५२ हजार १ सय ६६ घरधुरीले मात्र दोस्रो किस्ता लिएका छन् ।
अनुदान लिएपनि घर पुनर्निर्माण सम्पन्न गर्ने म्याद नतोकिदा लाभग्राहीमा जहिले निर्माण शुरु गरेपनि हुन्छ भन्ने धारणा देखिएका कारण समय सिमा निर्धारण गरिएको प्राधिकरणको भनाई छ ।
प्राधिकरणले लाभग्राहीलाई अनुदान लिने प्रक्रियामा ढिलाई नहोस् भनेर अग्रीम रुपमै प्रभावित जिल्लामा पठाएपनि दोस्रो र तेस्रो किस्ता लिनेको संख्या उत्साहजनक रुपमा अघि नबढेपछि समयसिमा तोकेरै अभियानका रुपमा कार्यक्रम शुरु गरिएको प्रवक्ता भूसालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा