बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिप्रदीले ल्यायो सुमो गोल्ड

आइतबार, २० साउन २०७५, १५ : २६
आइतबार, २० साउन २०७५

काठमाडौं– सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आफैं सवारी’ नारा दिएर व्यावसायिक अभियान शुरु गरेको छ । 
सो अभियान अन्र्तगत कम्पनीले सिप्रदीको सुमो गोल्ड सार्वजनिक गरेको छ । यो अभियान विशेष गरी रोजगारीको अवसर खोजिरहेका युवालाई लक्षित गरेर ल्याइएको सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए ।
 यस अभियान अन्र्तगत प्रत्येक टाटा सुमो गोल्ड खरिदमा ग्राहकले निशुल्क ड्राइभिङ तालिम, निशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र एक वर्षको इन्सुरेन्स सुविधा उपलब्ध गराउनेछ । 
लगभग ४० लाख रुपैयाँ पर्ने यस सुमोमा ३० प्रतिशत डाउन पेमेन्ट दिएर खरिद गर्न सकिनेछ । नेपाली युवालाई टाटा सुमोमार्फत स्वरोजगार बनाउने लक्ष्य सिप्रदीले लिएको छ । यस अभियान अन्र्तगत २ वर्षका लागि सञ्चारकर्मी रवि लामिछानेलाई अनुबन्धित गरिएको छ । 
३७ वर्षदेखि कार्यरत सिप्रदीको बार्षिक ३५ करोड अमेरीकी डलर भन्दा बढी कारोबार छ । सिप्रदी अटोमोवाइल, उर्जा, लुब्रिकेन्ट, वित्तीय सेवा र उपकरणको व्यवसाय गर्दै आएको छ । सिप्रदी सन १९८२ देखि टाटा मोर्टसको आधिकारिक बिक्रेता हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप