शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूरा शहरमा बस्छन् एक व्यक्ति, यी हुन् संसारका सात सुनसान शहर

सोमबार, ०२ साउन २०७४, १५ : १४
सोमबार, ०२ साउन २०७४

के तपाईं कुनै शहरमा एक्लै बस्ने कल्पना गर्नुहुन्छ ? सायद यसबारे सोच्न पनि सकिँदैन । पूर्ण रुपमा सुनसान शहरमा कोही पनि बस्न सक्दैन तर संसारमा यस्ता केही शहर पनि छन् जहाँ १ जना मात्र बस्ने गर्दछन् । आज हामी तपाईंलाई यस्तै सात शहरबारे जानकारी दिँदै छौं ।

तोमिओका, जापानः

सन् २०१० सम्म यो जापानी शहरको जनसंख्या किरब १५ हजार थियो । त्यसपछि सन् २०११ मा सुनामी आयो र फुकुशिमा दाइचीमा न्यूक्लियर प्लान्ट चुहिन थाल्यो । यसका कारण विकिरण फैलियो जसको चपेटमा तोमिओका पनि आयो ।

विकिरणको डरले सबैजना उक्त शहरबाट भागे । मात्र ५८ वर्षका नाओतो मत्सुमुरा बसे । उनले त्यहाँबाट जान अस्विकार गरे किनभने उी शहरमा छुटेका जनावरका लागि खानाको व्यवस्था गर्न चाहन्थे ।

मोनोवी, नेब्रास्का (अमेरिका):

एक स्थानीय अमेरिकी भाषामा मोनोवीको अर्थ फूल हुन्छ । सन् १९०२ मा यहाँ बनेको पहिलो भवन एक पोष्ट अफिसको थियो जुन सन् १९६७ मा बन्द भएको थियो ।

मानिसहरु राम्रो काम र स्थायित्वको खोजीमा उक्त ठाउँ छोड्दै गए । तर एक जोडी भने त्यहाँ नै बसे । सन् २००४ मा श्रीमानको मृत्यु भएपछि श्रीमती नै यहाँकी एकमात्र निवासी रहिन् । उनी त्यहाँकी मेयर पनि हुन् ।

विला इपेक्युएन, अर्जेन्टिनाः

अर्जेन्टिनाको ब्यूनस आयर्स प्रान्तमा यो शहर सन् १९२० मा बनेको थियो । यो राजधानी ब्यूनस आयर्स जानेहरुका लागि आराम गर्ने स्थलको रुपमा विकसित थियो । यहाँ थुप्रै मात्रामा पर्यटकहरुको पनि आवतजावत हुन्थ्यो ।

तर सन् १९८५ मा आएको भिषण बाढीमा यो शहर पूर्ण रुपमा ध्वस्त भयो । सबै मानिस शहर छोडेर गए र यो ठाउँ एक्लो भयो ।

त्यसपछि सन् २००९ मा पाब्लो नोवाक नामका एक व्यक्ति त्यहाँ बस्नका लागि फर्किए । उनको जन्म सन् १९३० मा यसै शहरमा भएको थियो ।

उनी त्यहाँ आफ्नो घरलाई पुनः भर्नका लागि फर्किएका थिए । उनको कथामा सन् २०१३ मा पाब्लोज विला नामक डकुमेन्ट्री पनि बनाइएको थियो ।

बोनान्जा, कोलोराडो (अमेरिका)ः

यहाँ चाँदीको खानी पाइएको थियो । जसका कारण सन् १८८० मा यो शहरमा जनसंख्या वृद्धि भएको थियो ।

त्यतिबेला यहाँ डेढ हजार मानिस बस्दथे । त्यसपछि यहाँ बिस्तारै बिस्तारै चाँदी उत्खनन कम हुँदै गयो र मानिसहरु शहर छोडेर जान थाले ।

सन् २०१० मा यहाँ १६ जना मानिसमात्र बस्दथे । वृद्ध–वृद्धाको मृत्यु र युवा पलायन भएपछि यहाँको जनसंख्या अब १ भएको छ ।

तर कहिलेकाँही यहाँ मानिसहरु आउने भएकाले जनसंख्यामा वृद्धि पनि हुने गर्दछ ।

ब्यूफोर्ड, ब्योमिंग (अमेरिका):

– सन् २०१३ मा सरकारले यो शहर एक भियतनामीलाई बेचेका थिए  र यसको नाम परिवर्तन गरेर फिलडेली छाउन ब्यूफोर्ड बनाइएको थियो ।

सन् १८८६ मा यो शहरलाई रेलवे लाइन बिछ्याउने मजदुरको आराम गर्ने स्थलको रुपमा बसाइएको थियो । त्यतिबेला यहाँ करिब २ हजार मानिस बस्दथे ।

त्यसपछि बिस्तारै बिस्तारै मानिस घर छोडेर जान थाले । अहिले यो शहरका मालिक आफै यहाँ बस्दैनन् ।

यहाँका एकमात्र निवासी हुन् डन साइमन्स । उनी सन् १९८० मा यहाँ आएर बसेका थिए । सन् १९९५ मा उनकी श्रीमतीको मृत्यु भयो र सन् २००७ मा उनका छोरा अर्को शहर बस्न गए जसका कारण डन यो शहरमा एक्लो भए ।

कास न्यूजिल्याण्डः

सन् १९१० मा यो शहरको स्थापना हुँदा यहाँ लगभग ८ सय मानिस बस्दथे । अहिले यहाँ पाँचवटा घर मात्र बचेको छ तर यहाँ एकजना मात्र बस्छन् ।

कासका एकमात्र निवासीको नाम बेरी ड्रमान्ड हो । उनी किवी–रेलवेका कर्मचारी हुन् । उनलाई रेलवेको कास सेक्सनको रेखखेद गर्ने जिम्मेवारी दिइएको छ जुन उनी पछिल्लो ३० वर्षदेखि निभाइरहेका छन् ।

बेरीले आफू कहिले पनि कास नछोड्ने बताएका छन् ।

लस्ट स्प्रिंग्स, व्योमिंग (अमेरिका):

यो इलाकाको बोर्डको भनाई अनुसार यहाँको जनसंख्या १ हो । तर यो सन् २००० को कुरा हो ।

समय–समयमा यहाँको जनसंख्यामा परिवर्तन हुने गर्दछ । कहिले यहाँ चारजना हुन्छन् भने कहिले पाँच ।

यहाँकी मेयर लेडा प्राइस यहाँ लगातार बस्ने एकमात्र व्यक्ति हुन् । उनका अनुसार अहिले यहाँ चारजना व्यक्ति बसिरहेका छन् ।

यो उत्खनन शहरमा कुनै जमानामा २ सय मानिस बस्ने गर्दथे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप